शरीरमा गोली र छर्रा बोकेर चुनावी मैदानमा होमिएका पाण्डे
  • काँचुली खबर

४ फागुन, कोहलपुर । माओवादी युद्धकालीन समयमा भिडन्तमा परेर घाइते भएका नरेन्द्र पाण्डे (जेम्स) शरीरमा गोली र छर्रा बोकेर चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उनी प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवार बनेका हुन्।

दीर्घ समय भूमिगत राजनीति र युद्धकालीन गतिविधिमा बिताएका पाण्डे पहिलो पटक संसदीय यात्राको औपचारिक प्रतिस्पर्धामा प्रवेश गरेका हुन्। युद्धका बेला सुरक्षाफौजसँग भएका दोहोरो भिडन्तमा पटक-पटक घाइते भएका उनी अझै शरीरमा गोलीका टुक्रा र छर्रा बोकेरै राजनीतिकमा सक्रिय छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘जेम्स’ नामले समेत परिचित पाण्डे युद्धकालीन कमाण्डर हुन । शान्ति सम्झौतापछि खुल्ला राजनितिमा आएका पाण्डेले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा आफ्नो नाफाको जिन्दगी जनताको सेवामा व्यतित गर्ने बताउँदै आएका छन ।

लामो समय पार्टी राजनितिमा बिताएका पाण्डेसँग संगठन निर्माण र सरकारी संयन्त्र संचालनको अनुभव समेत छ । तत्कालिन नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक समेत रहेका पाण्डे युवा तथा खेलकुद मन्त्रीको प्रमुख स्वकिय सचिवका रुपमा समेत कार्यसम्पादन गरीरहेका ब्यक्त हुन ।

विकास, रोजगारी र पुनर्स्थापनाका एजेण्डा

पाण्डेले आफ्नो मुख्य एजेण्डा ग्रामीण पूर्वाधार विकास, कृषि आधुनिकीकरण, युवालाई रोजगारी र द्वन्द्वपीडितको पुनर्स्थापनालाई बनाएका छन्।

बाँके क्षेत्र नं. १ मा सिंचाइ, स्वास्थ्य सेवा, सडक विस्तार, शिक्षा क्षेत्रको सुधार र मानव-बन्यजन्तु बिचको द्धन्द्ध न्यूनिकरण लगाएका एजेण्डालाई प्राथमिकतामा राखेका पाण्डे भन्छन, “हामीले परिवर्तनका लागि लड्यौं, अब परिवर्तनलाई संस्थागत गर्ने समय आएको छ ।”

प्रतिस्पर्धा रोचक हुने संकेत

बाँके क्षेत्र नं. १ मा परम्परागत रूपमा ठूला दलका प्रभावशाली उम्मेदवारहरूको प्रतिस्पर्धा रहने गरेको छ। यसपटक भने युद्धकालीन पृष्ठभूमिबाट आएका पाण्डेको उम्मेदवारीले स्थानीय राजनीतिक माहोल थप रोचक बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार द्वन्द्वकालीन कमाण्डरको प्रत्यक्ष चुनावी प्रतिस्पर्धाले मतदातामा भावनात्मक र वैचारिक दुवै प्रकारको प्रभाव पार्न सक्छ ।

व्यवस्था परिवर्तनका लागि ‘टाउकोमा कफन बाँधेर’ युद्धमा हिँडेको स्मरण गर्दै पाण्डे अहिले पनि शरीरमा गोलीका छर्रा बोकेर समाजसेवामा लागेको बताउँछन्। यसपटक मतदाताले आफ्नो त्याग र अनुभवको कदर गर्नेमा उनी विश्वस्त देखिन्छन्।

  • ४ फाल्गुन २०८२, सोमबार १५:५२ प्रकाशित
  • Nabintech