हुस्सु र शीतलहरले नेपालगन्जको हवाई उडान अवरुद्ध
  • काँचुली खबर

२४ माघ, नेपालगन्ज । केही दिनयता पुनः सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् ।

शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुग्दा कुनै पनि हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालगन्ज विमानस्थलको टावरका अनुसार जहाज उडाउन (टेक अफ) एक हजार र अवतरण (ल्यान्डिङ) का लागि एक हजार ६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । शनिबार बिहानैदेखि भिजिबिलिटी निकै कम भएकाले दिउँसो साढे दुई बजेसम्म उडान ठप्प भएको हो ।

आवश्यक भिजिबिलिटी पुगेपछि विमानस्थल खुलेको र त्यसपछि मात्र उडान सुरु हुने टावरले जनाएको छ । बिहानैदेखि उडान नहुँदा सयौँ यात्रु विमानस्थलमा उडानको प्रतीक्षामा रहेको विभिन्न एयरलाइन्सले जनाएका छन् ।

शनिबार काठमाडौँबाट बिहान ८:४५ बजे बुद्ध एयरले पहिलो उडान गर्ने समयतालिका रहे पनि दिउँसो २:४५ बजेसम्म उडान हुन नसकेको बुद्ध एयर नेपालगन्जका प्रमुख विनीत शाहले जानकारी दिए । उनले मौसमका कारण नेपालगन्ज र काठमाडौँ दुवै विमानस्थलमा यात्रु अलपत्र परेको जानकारी दिए ।

केही दिनदेखि नेपालगन्जको मौसम प्रतिकूल हुँदा बिहान काठमाडौँ र पहाडी जिल्लामा हुने उडान प्रभावित हुँदै आएका छन् । नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान दैनिक गर्दै आएका छन् भने पहाडी र हिमाली जिल्लामा यहाँबाट उडान हुने गर्छ ।

केही दिनदेखि हवाई उडान समयमा नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाडौँ र पहाडी जिल्लाको यात्रा गर्न टिकट लिएका यात्रुले समस्या झेल्दै आएका छन ।

  • २५ माघ २०८२, शनिबार १७:४४ प्रकाशित
  • Nabintech