दिग्गज कलाकार सुनिल थापाकाे निधन
  • काँचुली खबर

२४ माघ, काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ ।

६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।

‘अस्पतालमा ल्याउँदा नै अनकन्सिएस अवस्थामा हुनुहुन्थ्यो । कार्डियाक अरेस्ट भएको अनुमान छ’, अस्पताल स्रोतले भन्यो, ‘ हस्पिटल आउने बित्तिकै ईसीजी गरिहाले थियो । ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयाे ।’

उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।

  • २५ माघ २०८२, शनिबार १०:३४ प्रकाशित
  • Nabintech