२२ माघ, रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्। रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले बताए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्लाको ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया नाबालिका खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ। मृतक नाबालिका सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन्।
बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको उपरिक्षक रिजालले जानकारी दिए।
२३ माघ २०८२, बिहीबार १७:१७ प्रकाशित