कोहलपुर महोत्सवमा मट्का चियादेखि घरेलु उत्पादनसम्मको चर्चा
  • काँचुली खबर

१८ पुष, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सव विभिन्न कारणले चर्चाको केन्द्रमा रहेको छ । पुष ९ गतेदेखि कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवमा यसपटक विशेषगरी थारु गाउँले अवलोकनकर्ताको ध्यान तानेको छ । अघिल्ला वर्षहरूको तुलनामा फरक ढंगले सजाइएको थारु गाउँमा परम्परागत संस्कृति झल्किने कलाकृति तथा सामग्रीहरू राखिएका छन् । साथै थारु समुदायका परम्परागत खानपानले महोत्सव अवलोकनकर्तालाई आकर्षित गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महोत्सवको अर्को मुख्य आकर्षणका रूपमा मट्का चियाको स्टल रहेको छ । परम्पराको स्वादलाई आधुनिक उद्यमशीलतासँग जोड्दै कोहलपुरका एक युवा उद्यमीले नयाँ पहिचान बनाएका छन् । कोहलपुर निवासी रमेश चौधरी आफ्नो मौलिक मट्का चिया व्यवसायमार्फत पछिल्लो समय युवामाझ चर्चित बनेका हुन् ।

स्नातक तहको अध्ययनसँगै सुरक्षित जागिरको खोजीभन्दा स्वरोजगारलाई प्राथमिकता दिँदै चौधरीले आत्मविश्वास, मिहिनेत र मौलिक सोचका साथ आफ्नै व्यवसाय सुरु गरेका छन् । उनले परम्परागत माटोको भाँडो (मटका) मा पकाइने चियालाई विशेष स्वाद, सुगन्ध र पहिचानसहित बजारमा ल्याएका छन् । माटोको भाँडोमा पकाइने चियाले प्राकृतिक स्वादका साथै स्वास्थ्यका दृष्टिले पनि फाइदा पुग्ने विश्वासका कारण उनको स्टलमा चियाप्रेमीहरूको उल्लेख्य भीड लाग्ने गरेको छ ।

 

त्यसैगरी महोत्सव परिसरमा राखिएका स्थानीय उत्पादनका स्टलहरूमा समेत अवलोकनकर्ताको उल्लेख्य चहलपहल देखिएको छ । विशेषगरी खेलौना (गुडिया), घरेलु उद्योगद्वारा उत्पादित अगरबत्ती, अचार, हातहतियार तथा औजार र खाद्यजन्य सामग्रीका स्टलहरूले सबैको ध्यान तान्न सफल भएका छन् ।

यस वर्षको महोत्सवमा पुस्तक प्रदर्शनी कक्षसँगै शैक्षिक तथा पर्यटन प्रवर्द्धनका गतिविधिहरू पनि समावेश गरिएका छन् । स्थानीय तक्षशिला एकेडेमीले शैक्षिक प्रदर्शनी राखेको छ भने टुर एण्ड ट्राभल्स एशोसिएशन (नाट्टा) बाँके ले बाँके राष्ट्रिय निकुञ्जसँगको समन्वयमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त स्टलमार्फत सहुलियत दरमा राष्ट्रिय निकुञ्ज अवलोकनको व्यवस्था गरिएको नाट्टा बाँकेका महासचिव भागिराम वलीले जानकारी दिए ।

महोत्सव परिसरमा निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था समेत मिलाइएको छ । महोत्सवको उप-मुख्य प्रायोजक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले अवलोकनकर्तालाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । महोत्सव अवधिभर निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । साथै कोहलपुर डेन्टल अस्पतालले समेत निःशुल्क दन्त सेवा प्रदान गरिरहेको छ ।

यसका अतिरिक्त महोत्सवमा बाल उद्यान, जलपरी तथा होटल-रेस्टुरेन्टका व्यावसायिक स्टलहरू समेत सञ्चालनमा रहेका छन् ।

 

तस्बीर : बिजय परियार (महोत्सव सचिवालय)

  • १८ पुष २०८२, शुक्रबार १६:३५ प्रकाशित
  • Nabintech