नेकपालाई जनताले निर्वाचनबाट अनुमाेदन गर्ने नेपालकाे दाबी
  • काँचुली खबर

२५ मंसिर, नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको बताएका छन ।

नेकपा बाँकेले बिहीबार नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक नेपालले आगामी निर्वाचनबाट नेकपालाई जनताले अनुमाेदन गर्ने दावी गरे । उनले नेपाली कम्युनिष्ट पाटी सबै बर्ग, लिंग, समुदाय, नवयुवा पुस्ता समेतको पार्टी रहेको भन्दै जनताले चुनावमार्फत अनुमोदन गर्ने बताएका हुन । नेपालले नयाँ नेपाल निर्माणको संकल्पका साथ पार्टी निर्माण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको बहुमत लिएर अघि बढ्ने उद्घोष गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सभालाई सम्बोधन गर्नेक्रममा नेता नेपाल पुराना दिन सम्झँदै केही बेर भक्कानिएका थिए । भाषण गर्दागर्दै गला अवरुद्ध भएपछि उनी केहीबेर रोकिएका थिए । उनले द्वन्द्वकालमा सुरक्षा निकायको आँखा छल्दै नेपालगन्ज हुँदै भारतको लखनउमा पुगेर प्रचण्डलाई भेटेको स्मरण गरे । नेपालले त्यही भेटपछि गिरिजा, प्रचण्ड र आफुले नेपाली राजनीतिको कोर्स नै चेन्ज हुने गरि आन्दोलनको संयोजन गरेको पनि दाबी गरे ।

नेपालले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा धेरै राम्राराम्रा काम भएको जिकिर गरे । नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेला भए गरेका राम्रा र जनपक्षीय कामलाई जनतासम्म लैजाने बेला आएको बताए ।

उनले जनताको अदालत भन्दा ठुलो अदालत अरु कुनै पनि नहुने जनाउँदै आफूहरु अहिले जनताको अदालतमा आएको प्रष्ट पारे । जनताको भावनासंग साक्षात्कार गर्न जनताको घरदैलोमा पुगिरहेको बताउँदै नेपालले भने, “बदलिँदो परिस्थितिमा सही नीति लिएर नयाँ विश्वास जगाउन अघि बढेका छाैं ।”

नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो सन्देश सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, कर्णजित बुढा र युवा नेता अब्दुल हुसेन खाँ, अञ्जना चौधरी लगायतले सम्बोधन गरेका थिए ।

  • २६ मंसिर २०८२, बिहीबार २१:२१ प्रकाशित
  • Nabintech