महाेत्सव सबैकाे साझा अभियान हाे : अध्यक्ष भट्टराई
  • काँचुली खबर

१८ मंसिर, काेहलपुर । कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबैको साथ आवश्यक रहेको कोहलपुर उद्योग वाणिज्य संघका प्रदिप भट्टराईले बताएका छन । बिहिबार कोहलपुरका संचारकर्मिहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सबै सरोकारवाला निकायको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

छलफलमा बोल्दै अध्यक्ष भट्टराईले महोत्सव कोहलपुरको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान झल्काउने महत्वपूर्ण अवसर भएकोले यसलाई सफल बनाउन कसैले पनि कसर बाँकी राख्न नहुनेमा जोड दिएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘कोहलपुर महोत्सव हामी सबैको साझा अभियान हो। यसको सफलताका लागि उद्योगी-व्यवसायी, स्थानीय निकाय, नागरिक समाज, सञ्चारकर्मी र आम उपभोक्ता सबैको सहकार्य आवश्यक छ’ अध्यक्ष भट्टराईले भने ।

महोत्सवलाई स्थानीय उत्पादन, कृषि र पर्यटन प्रवर्द्धनको माध्यम बनाइने र यसबाट स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने संघका महासचिव दिपक बहादुर भण्डारीले विश्वास व्यक्त गरे ।

विगतका अनुभवबाट पाठ सिक्दै यस वर्षको व्यवस्थापन पक्षलाई अझै सुदृढ र दर्शकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्दै भण्डारीले महोत्सव अवधिभर दर्शक तथा सहभागीहरूको सुरक्षा र सहजतालाई उच्च प्राथमिकतामा राखिने बताए ।

उनले महोत्सवलाई मनोरञ्जनको केन्द्र मात्र नभएर व्यावसायिक अवसर र सूचना आदानप्रदानको थलो बनाउन खोजिएको जिकिर गरे ।

छलफल कार्यक्रममा सहभागी संचारकर्मीले महोत्सवलाई सफल बनाउन आवश्यक सुझाव दिनुका साथै आ-आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

  • १९ मंसिर २०८२, बिहीबार २२:०६ प्रकाशित
  • Nabintech