१८ मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय काेहलपुरकाे हिरासतमा रहेका थुनुवाहरूलाई पुस्तक वितरण गरीएकाे छ । जेसीज सप्ताह कार्यक्रम उद्घाटनकाे अवसरमा काेहलपुर जेसीजले थुनुवाहरूकालागी ५० थान पुस्तक हस्तान्तरण गरेकाे हाे ।
थुनुवाहरुको अध्ययन गर्ने बानीको विकास हाेस् भन्ने उद्देश्यका साथ पुस्तक हस्तान्तरण गरिएको काेहलपुर जेसीजका अध्यक्ष दिपेन्द्र बहादुर कठायतले जानकारी दिए । ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरी निरिक्षक राम नारायण गुप्तालाई पुस्तक हस्तान्तरण गरीएकाे जानकारी दिदैं कठायतले भने, “थुनुवाहरुलाई पढ्ने बानीको बिकास गराई चेतनास्तर उकास्ने तथा सकरात्मक सोचको विकास गराउने उद्देश्यका साथ पुस्तक हस्तान्तरण गरीएकाे हाे ।”
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
समाजमा घट्ने अपराध बढि जसो अज्ञानताका कारण हुने भएको हुदा उनिहरुको सोचमा परिवर्तन ल्याउनका लागि पुस्तकले ठुलो सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी समेत प्रहरी निरिक्षक गुप्ताले बताए । पुस्तक ग्रहण पश्चात बाेल्दै गुप्ताले समाजमा घट्ने अपराधिक घटनाहरु अज्ञानता, अशिक्षा, नकरात्मक सोचका कारण हुने गरेकोले थुनामा रहेको अवस्थामा आरोपिहरुले पुस्तक पढी आफ्नो सोचमा सकरात्मक परिवर्तन गर्न केहि हदसम्म सहयोग पुर्याउन सक्ने र सकारात्मक सोचका कारण सामाजिक अपराधमा कमि आउन सक्ने बताए ।
हस्तान्तरण गरेको पुस्तकहरुलाई थुनुवा रहने ठाँउमा लाईब्रेरिको स्थापना गरि उनिहरुलाई ति पुस्तकहरु पढ्ने वातावरण सृजना गर्नुपर्ने कोहलपुर जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका राष्ट्रीय कोषाध्यक्ष राम प्रसाद पाण्डेले धारणा राखेका थिए ।
कार्यक्रममा पुस्तक हस्तान्तरण कार्यक्रमका संयोजक रोम बहादुर थापा धुर्व आचार्य, बिरेन्द्र सुवेदि, प्रख्यात लम्साल लगायत कोहलपुर जेसीजका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेकाे थियाे ।
१९ मंसिर २०८२, बिहीबार १८:५८ प्रकाशित