एनपीएलमा लुम्बिनीको लगातार तेस्रो हार
  • काँचुली खबर

११ मंसिर, काठमाण्डौं । लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भएको छ। यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ भने लुम्बिनी लायन्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।

टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । टिमकालागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

लुम्बिनीकालागी दिलिपनाथ ३१, डी मार्की सर्ट र सुमीत महर्जनले समान १८-१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान ६-६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि अविनास बोहरा र हर्मित सिंहले समान तिनर तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे ।

१४५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको सुदूरपश्चिमले १८।२ ओ‍भरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६९ रन र हर्मित सिंहले अन्तिम बलमा छक्का हान्दै सात रनमा नटआउट रहे । आरिफ शेखले ३९ रन बनाउँदा, क्रिश लिन १६ र जोश ब्रोन ९ रनमा आउट भए ।

लुम्बिनीका लागि रुवेन ट्रुम्पेलमन, तिलक भण्डारी, अभिशेष गौतमले समान एक एक विकेट लिए ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा ४ खेल खेलेको लुम्बिनीले एउटा मात्र जितेको छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चार जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

  • १२ मंसिर २०८२, बिहीबार १५:१४ प्रकाशित
  • Nabintech