एनपिएलमा चितवनको विजयी सुरुवात
  • काँचुली खबर

२ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १६७ रनको लक्ष्य पछ्याएको चितवनले उक्त लक्ष्य ५ बल बाँकी हुँदै पूरा गर्‍यो।

चितवनका लागि रवि बोपराले ३५ बलमा ५२ रनको रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, साइफ जाइबले ३८ रन बनाउँदा कुशल मल्लले २० रन बनाए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यस्तै, ओपनर दीपक बोहराले ४२ रन बनाएका थिए। कर्णालीका लागि सोमपाल कामीले २ विकेट लिँदा युनिश सिंह, मार्क वाट र युवराज खत्रीले समान १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीका लागि ओपनर प्रियंक पञ्चलले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९० रनको इनिङ्स खेल्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याएका थिए।

उनीबाहेक म्याक्स ओ’ड्वाडले २० रन बनाएका थिए भने मार्क वाटले १६ रन बनाए। थप दोहोरो स्कोरका रुपमा पवन सर्राफ २७ रनको अविजित इनिङ खेलेका थिए। चितवनका लागि सोहिल ननविर, साइफ जाइव र रवि वोपराले समान १-१ विकेट लिएका थिए।

  • ३ मंसिर २०८२, मंगलवार १५:३१ प्रकाशित
  • Nabintech