१ मंसिर, कोहलपुर । कोहलपुरमा निर्माण गरीएको शवदाह गृहको उद्घाटन गरीएको छ । सोमबार एक कार्यक्रमकाबिच नवनिर्मित शवदाह गृहको उद्घाटनसँगै उक्त संरचना कोहलपुर नगरपालिकालाई हस्तान्तरण समेत गरीएको छ ।
कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर अधिकारीले कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यलाई शवदाह गृहको चाँबी हस्तान्तरण गरेका छन । चाँबी हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले आफ्नो समितिले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको दावी गरे । विभिन्न कठिनाईका बावजुत दिनरात मिहेनत गरेर शवदाह गृह निर्माण कार्य सम्पन्न गरेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले स्थानिय सरकारले संचालन कार्यविधि बनाएर शवदाह गृहलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सबैको सहयोगमा शवदाह गृह निर्माण भएको बताए । शवदाह गृह निर्माणको सुरुवाती चरणमा केही समस्या उत्पन्न भएपनि निरन्तरको प्रयास र स्थानियको सहयोगका कारण शवदाह गृह निर्माण गर्न सफल भएको उल्लेख गर्दै आचार्यले अब यसको रेखदेखको सम्पुर्ण जिम्मेवारी नगरपालिकाले लिने बताए ।

पहिलो चरणमा एउटा मेसिन राखेर शवदाह गृह संचालन गरीएको र आवश्यकताका आधारमा आगामी दिनमा नगरपालिका तथा नगरविकास समिति मार्फत थप मेसिन जडान गर्ने योजनामा आफुहरु रहेको आचार्यले बताए ।
निर्माण समितिले आफुले आएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै मेयर आचार्यले नगरपालिकाले शवदाह गृहलाई व्यवस्थित रुपमा संचालन गर्नकालागी कार्यविधि ल्याउने तयारी गरीरहेको बताए ।
शवदाह गृह उद्घाटन समारोहमा आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरीएको थियो ।
२ मंसिर २०८२, सोमबार १७:५६ प्रकाशित