३० कात्तिक, काेहलपुर । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व मन्त्री प्रकाश ज्वालाले नेपाली कम्युनिष्ट पार्टी एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने महा अभियान भएको बताएका छन । टुट र फुटबाट कमजोर बनेको कम्युनिष्ट आन्दोलनलाई एकत्रित गर्ने एक मात्र उद्देश्यले महाअभियान सुरुवात गरिएको उनले बताए ।
कुनै पद प्राप्त गर्ने उद्देश्य भन्दा पनि कम्युनिष्ट आन्दोलनलाई एक बनाउन सबैले त्याग गर्ने भावनाबाट पार्टी एकता अभियान सुरुवात गरिएको उनको भनाई थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सल्यानबाट काठमाण्डौ जाने क्रममा आइतबार कोहलपुर-११ स्थित सहिद स्मृति भवनमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै नेता ज्वालाले प्रचण्डको नेतृत्वमा फराकिलो मन बनाएर एकता अभियान अगाडि बढिरहेको बताउँदै चुनावसम्म जादा यसले विशाल रूप लिने बताए । उनले केपी वलीको खराब प्रवृत्तिले नेपाली बाम आन्दोलनलाई ठुलो क्षति पुगेको बताए ।

नेता ज्वालाले नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको माटो, हावापानी र अपनत्व अनुरूप मूल प्रवाहको पार्टीका रूपमा नामकरण गरिएको उल्लेख गर्दै अबको राजनीतिक विकल्प यही पार्टी हुने दाबी गरे। उनले कार्यकर्तालाई नाम र चुनाव चिन्हप्रति कुनै भ्रममा नपर्न आग्रह गर्दै, रातो पाँच कुने तारा कम्युनिस्टहरूको मूल पहिचान र गौरव भएको बताए ।
उनले पूर्ण संकल्प सहित एकताबद्ध भएर एउटै ध्येयसहित अघि बढ्नुपर्नेमा जोड दिँदै अब विश्वका अन्य कम्युनिस्ट पार्टीहरू जस्तै (चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी) नेपालमा पनि ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेकाले सबै सच्चा कम्युनिस्टहरू यही छातामुनि एकजुट हुन अपिल गरे ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू नरेन्द्र न्यौपाने, अब्दुल हुँसेन खान, नरेन्द्र पाण्डे ‘जेम्स’ लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा न्यौपाने र खानले शुभकामना व्यक्त गर्दै एकताको आवश्यकतामा जोड दिएका थिए ।
१ मंसिर २०८२, आईतवार १८:१४ प्रकाशित