मध्यपश्चिम यातायातको “उडान” सेवा सुरु
  • काँचुली खबर

२१ कात्तिक, कोहलपुर । मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.ले नयाँ लक्जरी बस सेवा सुरु गरेको छ । प्रालीले रकेट, तुफान, सफारी र रफ्तार जस्ता सफल लक्जरी सेवाहरूका पछि “उडान” कम्पनीको २ वटा बस भित्राएको हो ।

कम्पनीका अध्यक्ष विश्वराज खनालका अनुसार, ३९ सिट क्षमताको यस बसलाई यात्रुको आरामलाई प्राथमिकता दिँदै ३२ सिटमा सीमित गरिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर बसपार्कबाट बिधिवत् रूपमा उद्घाटन गरिएका मधेस प्रदेश ३-००२ ख २८३० र लुम्बिनी १-००१ ख ०१९८ नम्बरका दुई बसहरूले बिहिबारदेखि नियमित सेवा सुरु गरेका छन्। शौचालय, आधुनिक इन्टिरियर र समान भाडादरको “उडान” ले दैनिक रूपमा नेपालगन्ज र काठमाडौँबाट सेवा प्रदान गर्ने बताईएको छ ।

संघीय राजधानीदेखि विभिन्न प्रदेशसम्म सेवाको विस्तार गरिसकेको मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.ले अटो रिक्सादेखि भिआईपी लक्जरी बससम्मका यात्रु सेवामा निरन्तर नयापन ल्याउँदै आएको छ।

अध्यक्ष खनाल भन्छन्, “हामी केवल गाडी चलाउँदैनौँ, हामी यात्रुको विश्वास र सन्तुष्टिलाई दिशा दिन्छौं। ‘उडान’ केवल बस होइन, यो पश्चिम नेपालको गौरव र यात्राको नयाँ युग हो।”

https://www.facebook.com/share/v/1Bmvwsc4z5/

  • २२ कार्तिक २०८२, शुक्रबार १६:०० प्रकाशित
  • Nabintech