खाद्यले बाँकेमा २३ गतेबाट धान खरिद गर्ने
  • काँचुली खबर

२० कात्तिक, नेपालगन्ज । खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले जिल्लामा कात्तिक २३ गते आईतबारबाट धान खरिद गर्ने जनाएको छ ।

खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले दिएको जानकारीअनुसार बाँकेमा यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा केन्द्रबाट प्राप्त भएकाले आगामी आइतवारबाट दुई ठाउँबाट धान खरिद सुरु गर्ने निर्णय गरिएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले कारकाँदोस्थित खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय र नेशनल ट्रेडिङको कार्यालयमा धान खरिद गरिने बताए । खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले एक सूचना प्रकाशित गरेर किसानहरुले धान विक्री गर्न आउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिएको छ ।

उक्त जानकारीअनुसार किसानले धान ल्याउँदा पानीले नभिजेको, सफा, केलाई सुकाई फ्रेस रहेको एकै किसिमको धान ल्याउनु पर्ने, धान ल्याउँदा सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र अनिवार्य पेश गर्नुपर्ने, धानको भुक्तानी बैंक खातामा गर्नुपर्ने भएकाले किसानको बैंक खाता प्रमाणित हुने चेक प्रतिलिपि ल्याउनुपर्ने र आफ्नो पालो आएमा मात्रै विक्री गर्नुपर्ने बताइएको छ ।

सो सूचनामा सरकारले तोकेको मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने समेत जनाइएको छ ।

खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख लामिछानेले मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल खरिद गर्नेगरि कोटा निर्धारण भएर आएकाले सोही बमोजिमको तयारी गरिएको बताए । उनका अनुसार गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार क्विन्टल र मोटा धान सात हजार क्विन्टल गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो ।

कम्पनीले धान खरिदमा ढिलाइ गर्दा धेरै किसानले बजारमा व्यापारीलाई बाध्य भएर कम मूल्यमा धान विक्री गरेको बताएका छन् । व्यापारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा करिब हजार रुपियाँ कममा धान खरिद गर्दा किसानलाई समस्या परेको उनीहरुको गुनासो छ ।

  • २१ कार्तिक २०८२, बिहीबार १४:२१ प्रकाशित
  • Nabintech