कोहलपुर मेडिकल कलेजका इन्टर्नसीप डाक्टर आन्दोलित
  • काँचुली खबर

१९ कात्तिक, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप डाक्टरहरु आन्दोलनमा उत्रिएका छन । उनीहरुले अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

तीन दिन देखि आन्दोलनरत उनीहरुले आफ्नो माग सुनुवाइमा अस्पताल प्रशासनले ध्यान नदिएको भन्दै आजदेखि प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा अनिश्चिकालीन तालाबन्दी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

इन्टर्नसीप डाक्टरहरुले पाउँदै आएको १२ हजारलाई बढाएर कम्तिमा १७ हजार ५ सय रुपैयाँ पुर्याउनुपर्ने, भर्नाका क्रममा कलेजले इन्टरर्नसीपका लागि उठाएको २ लाख ५० हजार अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेर विगत तीन दिन देखि उनीहरुले अस्पतालमा नारावाजी र प्रदर्शन गर्दै आएका छन् ।

इन्टर्नसीप डाक्टरहरुले पाउनुपर्ने सेवा सुविधा समेत नियमित पाउन नसकेको गुणासो गरेका छन् । अस्पतालमा करिव एक सय जना इन्टर्नसीप डाक्टरहरु कार्यरत रहेका छन् ।

डाक्टरहरुको आन्दोलन र मागलाई सम्वोधन गर्न अस्पताल प्रशासनले समन्वय र संवादको तयारी गरिरहेको जनाएको छ ।

  • २० कार्तिक २०८२, बुधबार १३:५७ प्रकाशित
  • Nabintech