सेनाका तिन कमाण्डरमाथी छानबिन सुरु
  • काँचुली खबर

३ कात्तिक, काठमाडौं । जेन्जी आन्दोलनका क्रममा सार्वजनिक भवनहरु जोगाउन नसकेको भन्दै सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई नियन्त्रणमा लिएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न ३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।

तर उनले पूर्व विवरण बताउन भने इन्कार गरे। बस्नेतले उनीहरुमाथि थप अनुसन्धान बाँकी रहेकाले हाललाई जानकारी दिन नमिल्ने बताए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले भने, ‘सैनिक मुख्यालयले संवेदनशील क्षेत्रमा खटाएका नेपाली सेनाका कमाण्डरलाई नियन्त्रणमा लिएको छ। उक्त घटनामा के कसो भएको हो बुझ्न २-३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।’

हामीलाई प्राप्त सूचना अनुसार सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल तेघरी ब्यारेकका शिव भडेलमाथी आन्तरीक रुपमा अनुसन्धान सुरु गरीएको छ ।

जेनजी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालयको भवन, अदालत जोगाउन नसकेको भन्दै नेपाली सेनाको आलोचना हुँदै आएको छ। आलोचना बढेपछि सेनाले छानबिन अगाडि बढाइएको हो। सहायक रथी बस्नेतले भने, ‘अन्य कमाण्डरहरुमाथि पनि छानबिन हुनसक्छ। त्यसबारेसमेत अध्ययन भइरहेको छ।’

अदालतका कर्मचारीले ४-५ जना सैनिक बसेको भएपनि न्यायालयका भवन जोगाउन सकिने अवस्था रहेको बताएका थिए। १०-१५ जना प्रदर्शनकारीले अदालतमा आगजनि गरेकाले सेनाको उपस्थितिले पनि प्रदर्शनकारी हच्किने उनीहरुले बताएका थिए।

  • ४ कार्तिक २०८२, सोमबार १५:३५ प्रकाशित
  • Nabintech