बर्दियामा मान्छेलाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा
  • काँचुली खबर

१ कात्तिक, बर्दिया । बर्दियामा मानिसलाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिइएको छ। बारबर्दिया नगरपालिका-११ मा रहेको जनजागृति सामुदायिक वनमा राखिएको खोरमा चितुवा परेको हो।

सो क्षेत्रमा गत असोज २५ गते शुक्रबार बारबर्दिया नगरपलिका-१०, डफैयाकी ४५ वर्षीया जुना चौधरी धान काट्ने क्रममा चितुवाले आक्रमण गर्दा घाइते भएकी थिईन भने गत असोज २८ गते मङ्गलबार बारबर्दिया नगरपालिका-११, विजयनगरका ४६ वर्षीय भदुवा थारू खेतमा काम गर्दै गर्दा चितुवाले अक्रमण गर्दा घाइते भएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चितुवाले आक्रमण गर्न थालेपछि चितुवा फसाउने खोर राखेको थियो। सो खोरमा शनिबार बिहान वयस्क भाले चितुवा परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल चौधरीले बताए । उनले हाल चितुवा डिभिजन वन कार्यालय बर्दियामा राखिएको जानकारी दिए ।

  • २ कार्तिक २०८२, शनिबार १८:०२ प्रकाशित
  • Nabintech