ओली र देउवा सहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी
  • काँचुली खबर

९ असोज, काठमाण्डौं । सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत भदौ २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको एक मन्त्रीले रातोपाटीलाई बताए ।

जेनजी आन्दोलनलाई दमनको रूपमा परिणत गर्नेलाई कारबाही गर्न जेनजीहरुको माग रहेको छ । अन्य विषयमा पनि अनुसन्धान हुन सक्छ । त्यसको लागि अहिले सरकारले पासपोर्ट रोक्ने तयारी गरेको हो,’ ती मन्त्रीले भने ।

सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी छ ।

  • ९ आश्विन २०८२, बिहीबार १७:४२ प्रकाशित
  • Nabintech