खाइसकेको मदिरा र भातसहितको राइसकुकर समेत फिर्ता
  • काँचुली खबर

३० भदौ, काठमाण्डौं । भदौ २४ गतेको प्रदर्शन क्रममा धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुग्यो। अहिले धेरै ठाउँमा स्थानीयहरूले यस्ता सार्वजनिक सम्पत्तिको सफाइ, जिर्णोद्धार र पुनर्निर्माण थालेका छन्।

त्यस दिन ठूला सुपर स्टोरदेखि कतिपय ठाउँमा साना पसलसम्म लुटपाट र चोरी भएको थियो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अहिले धेरै जनाले त्यसरी लगेका सामान फिर्ता गर्न थालेका छन्।

कतिसम्म भने, एक जनाले सिजीको विशालनगरस्थित शोरूमबाट उठाएर लगेको राइसकुकर भातसहित फिर्ता गरेका छन्। यसको भिडिओ पनि सामाजिक सञ्जालमा भेट्न सकिन्छ।

सिजी शोरूमका खुद्रा प्रबन्धक वसन्त पालका अनुसार ती व्यक्तिले तोडफोड क्रममा सिजीको शोरूमबाट राइसकुकर लिएर गएका थिए।

“हामीले स्थानीसँगको सहकार्यमा माइकिङ गर्दै लगेका सामान फिर्ता गर्न अनुरोध गरेका थियौं। एक जनाले चोरी गरेको सिजीको राइसकुकरमा खाना पकाउँदै हुनुहुँदो रहेछ। उहाँले खानासहित राइसकुकर फिर्ता गर्नुभयो” उनले भने।

भाटभटेनी सुपर स्टोरको एउटा शाखामा पनि यस्तै किस्सा भएको छ।

सामाजिक सञ्जालमा भाटभटेनीका कर्मचारीले राखेको भिडिओमा एक व्यक्ति मदिराको बोतल लिएर आउँछन्। उनलाई भाटभटेनीका कर्मचारीले धन्यवाद दिँदै “धन्न खाइसक्नुभएको रहेनछ” भन्छिन्।

मदिरा फर्काउने युवा हाँस्दै भन्छन्, “यहाँबाट (भाटभटेनी) बाट अस्ति लगेको (आन्दोलन क्रममा) त सकिइसक्यो। यो नयाँ किनेर फिर्ता ल्याइदिएको।”

उनको कुरा सुनेर वरिपरिकाहरू उनको सरहना गर्छन्।

“आफूले सामान लगेको सबैले थाहा पाएको देखेपछि केही मानिसले सामान फिर्ता गरिरहेका छन्। चलाइसकेको भए किनेर पनि फिर्ता गरेका छन्। एक जनाले लगेको ब्ल्याक लेबल मदिरा खाइसकिएको रहेछ। नयाँ किनेर फिर्ता गरिदिए” भाटभटेनीका एक प्रतिनिधिले भने।

अहिले भाटभटेनीसँगै अरू पसल, शोरूमहरूले सिसी टिभी क्यामरा र अरूले खिचेका भिडिओहरू हेरेर सामान लैजानेहरूको पहिचान गर्दै आएको छ। कति भिडिओहरू त सार्वजनिक नै भएका छने्। यसरी भिडिओ प्रमाण भएको भन्दै सामान फिर्ताका निम्ति आग्रह गरेपछि केही ठाउँमा सामानहरू फिर्ता भइरहेको छ।

  • ३० भाद्र २०८२, सोमबार १६:३५ प्रकाशित
  • Nabintech