जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी
  • काँचुली खबर

आगजनीले ध्वस्त भएको कोहलपुर नगरपालिका कार्यालय ।

२९ भदौ, नेपालगन्ज । जेन-जी प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडपछि क्षतिग्रस्त कार्यालयहरूबाट सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भदौ २७ गते कार्यालय प्रमुखको बैठक बसी क्षतिग्रस्त कार्यालयले सेवा प्रवाह सूचारु गराउन वातावरण तयार गर्ने निर्णय गरिएको जानकारी दिए । यसैगरी क्षति नपुगेका कार्यालयहरूमा आइतबारदेखि सेवा प्रवाह सुरु गरिएको उनले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रमुख जिल्ला अधिकारी जोशीले भने, “क्षतिग्रस्त कार्यालयमा कम्प्युटर लगायत अन्य उपकरण, विद्युत् लगायत जडान गरी छिटो भन्दा छिटो सेवा प्रवाह सुचारु गराउन भनेका छौं ।”

उनले जिल्ला प्रशासन लगायत सरकारी कार्यालयमा भएको आगजनीपछि भएको भौतिक क्षतिको मुचुल्का उठाउने काम भइरहेको भन्दै भौतिक क्षति भन्दा पुराना लिखत, कागज प्रमाण जलेका कारण थप समस्या भएको बताए ।

जिल्ला प्रशासनले आइतबारदेखि नयाँ, नागरिकता, प्रतिलिपी र मुद्दाका लागि आउने सेवाग्राहीको काम अघि बढाउने जनाएको छ । त्यसका लागि केन्द्रीय प्रणाली पनि सुचारु हुनुपर्ने प्रशासनले जनाएको छ ।

बाँकेका अधिकांश सरकारी कार्यालयहरूको आइतबार पनि सेवा प्रवाह बन्द गरिएको छ । जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द हुने जनाएका छन् ।

मुद्दाको तारिख, पेसी लगायतका कामले अदालत आएका सेवाग्राहीलाई सुरक्षाकर्मीले गेटबाटै फर्काइरहेका छन् । मालपोत तथा भूमि सुधार कार्यालय र नापी कार्यालय पनि बन्द अवस्थामा रहेका छन्।

प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, जिल्ला हुलाक कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय, कृषि ज्ञान केन्द्र, जलश्रोत तथा सिँचाइ कार्यालय ट्राफिक प्रहरी पोस्ट, प्रहरी र सशस्त्र प्रहरीका युनिट, कोहलपुर नगरपालिका, राजश्व कार्यालय कोहलपुर सहित जनप्रतिनिधीका घर र सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।

यसैगरी नेकपा एमाले, नेपाली काङ्ग्रेसको नेपालगन्जस्थित कार्यालयमा आगजनी र नेकपा माओवादीको कोहलपुरस्थित कार्यालयमा पनि आक्रमण गरिएको छ । नेपालगन्जमा रहेका पुलपलाल, बिपी कोइराला र सहिद सेतु विकको शालिक पनि तोडफोड गरिएको छ । राजधानीमा भएको जेन्जी प्रदर्शनमा नेपालगन्ज उपमहानगरपालिका वडा १ का शुलभ श्रेष्ठ र आयुष थापाको प्रहरीको गोली लागेर निधन भएकोमा नेपालगन्ज ल्याएर उहाँको अन्त्येष्टि गरिएको छ ।

  • २९ भाद्र २०८२, आईतवार १५:०३ प्रकाशित
  • Nabintech