काठमाण्डौंको चोक-चोकमा ‘कैदी भागेको सूचना’
  • काँचुली खबर

२७ भदौ, काठमाण्डौं । मंगलबारको विध्वंसात्मक प्रदर्शनको क्रममा नख्खु कारागारबाट फुत्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग भएको छ ।

‘हामी नेपाल’ समूहका युवाहरूको समूहले काठमाडौँको चोक-चोकमा लामिछानेको फोटोसहितको पोष्टर टाँस्दै उनलाई पक्रेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसेको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ भनिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जेन-जी आन्दोलनमा घुसपैठ गरी रास्वपाका कार्यकर्ताले लामिछानेलाई कारागारबाट निकालेका थिए । त्यसयता घरमै रहेका उनलाई भेटाउने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा खबर गर्न सूचनामा अनुरोध गरिएको छ ।

लामिछाने नख्खु कारागारबाट निस्किएपछि देशभरका कारागारबाट झण्डै १५ हजार कैदी भागेका थिए । यद्यपि, हालसम्म १३ सयभन्दा बढी कैदी पुनः पक्राउ परिसकेका छन् । प्रहरीले भागेका कैदीहरुलाई तत्काल कारागार फर्किनका लागि सूचना जारी गरेको अवस्था छ ।

  • २७ भाद्र २०८२, शुक्रबार ११:४६ प्रकाशित
  • Nabintech