बाँके जिल्ला अदालतसहित १७ वटा अदालतमा आगजनी
  • काँचुली खबर

२५ भदौ,  नेपालगन्ज । मंगलबार भएको प्रदर्शनका क्रममा सर्वोच्च, विशेष अदालतसहित १७ वटा अदालतमा आगजनीका कारण क्षति पुगेको छ । जसमध्ये १० जिल्ला अदालतमा आगजनी भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

“के कति क्षति भयो भन्ने बारेमा हामीले विवरण सङ्कलन गरिरहेका छौ”, सर्वोच्चका प्रवक्ता अर्जन कोइरालाले भने, “सर्वोच्चमा भने १० प्रतिशत फाइल बाहेक चालु अवस्थामा रहेका सबै फाइल जलेर खरानी भएको छ ।”

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालत,चितवन जिल्ला अदालत, कास्की जिल्ला अदालत, सप्तरी जिल्ला अदालत, बाँके जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, पर्सा जिल्ला अदालत, मकवानपुर जिल्ला अदालत, कपिलवस्तु जिल्ला अदालत, बाँके जिल्ला अदालत रहेका छन् ।

उच्च अदालत तुलसीपुर बुटवल इजलास, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको अस्थायी इजलास, उच्च अदालत राजविराज, उच्च अदालत हेटौँडा लगायतमा समेत तोडफोड र आगजनी भएको छ ।

अब कसरी चल्छ सर्वोच्चको इजलास

सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्चको एनेक्स भवनबाट चार वटा इजलास चलाउन सकिने अवस्थामा रहेको छ । बाँकी इजलास कहाँ गठन गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

चालु अवस्थामा रहेको मुद्दाका ९० प्रतिशत फाइल नष्ट भएकाले कसरी इजलास सञ्चालन गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

  • २५ भाद्र २०८२, बुधबार १७:२३ प्रकाशित
  • Nabintech