२२ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने भएको छ ।
नगरपालिकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई अभिभावकको मागपछि कडाइका साथ पालना गर्न सुरु गरेकाले सोही कार्यविधि अनुसार विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर नगरपालिका उपप्रमुख सङ्गीता सुवेदीले कोहलपुर नगरपालिकामा ८८ वटा विद्यालय रहेको जनाउँदै ती सबै विद्यालयको ५० मिटर वरिपरि मदिरा, सुर्तीजन्य पदार्थ, बिक्री गर्न नपाउने गरी कडाइ सुरु गरिएको बताए ।
उनले पालिकाभित्र रहेका विद्यालय हाताभित्र र बाहिर करिब ५० मिटर कुनै पनि मदिरा तथा सुर्ती बेच्न नपाउने गरी प्रहरीको सहयोग लिएर कडाइ सुरु गरिएको बताए ।
पछिल्लो अवस्थामा बालबालिकाहरुले मदिरा, सुर्ती र लागुऔषध प्रयोग गरिरहेको गुनासाहरु बढ्दै गएको र विद्यालयको वरिपरि नै बिक्री गरेको भन्ने सुनिन आएकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ लाई कडाइका साथ पालना गर्न सुरु गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
उपप्रमुख सुवेदीले उपरोक्त गुनासाहरुका आधारमा मदिरा र सुर्ति बिक्री नियन्त्रण कार्य तत्काल सुरु गर्न लागेको बताए । उनले कार्यविधि अनुसार काम अगाडि बढाउन नगर प्रहरी, नेपाल प्रहरी लगायतलाई अनुरोध गरिसकेको पनि बताए ।
कोहलपुर नगरपालिका ३ मा रहेको जनता माविका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विद्यालय वरिपरि रहेका मदिरा तथा सुर्तीका पसलहरुलाई तत्काल बन्द गराउनुपर्ने माग गर्दै त्यसबाट विद्यार्थीलाई निकै नकारात्मक प्रभाव परिरहेको बताए ।
सोही प्रकारले सगरमाथा ज्ञानपुञ्ज माविका प्रधानाध्यापक मोहन चौधरीले पनि विद्यालय वरिपरि सय मिटर टाढासम्म मदिरा र सुर्ती बिक्री गर्न नपाइने गरी नियम बनाउनुपर्ने माग गरे ।
सोही प्रकारले जन ज्ञानज्योतिका सहायक प्रधानाध्यापक रामप्रसाद चापागाईं, नेकपा माओवादी केन्द्र कोहलपुरका नगर अध्यक्ष बलबहादुर खड्का अविरल, कोहलपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डी गैरेलगायतले पनि २०७९ सालमै बनाइएको ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई कडा रुपमा कार्यान्वयन गर्न माग गरेका छन ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक लक्ष्मी खनालले विद्यालयको वरिपरि मदिरा तथा सुर्तीको बिक्री रोक्न नगरपालिकाले तयार पारेको कार्यविधिलाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।
२२ भाद्र २०८२, आईतवार १३:५२ प्रकाशित