यातायात व्यवसायी महासङ्घ बाँकेमा माओवादीकाे प्यानल बिजयी  
  • काँचुली खबर

१८ भदाै, काेहलपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बाँकेको सातौ जिल्ला महाअधिवेसनबाट रेशम बहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन । सोमबार अबेर राति सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र एमाले निकट व्यवसायीको साझा प्यानलका उम्मेदवार गोपाल रञ्जितकारलाई हराउँदै माओवादी समर्थित व्यवसायीको प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका रेशम बहादुर खत्रीको प्यानल नै बिजयी भएको हो ।

यसै गरि खत्री प्यानलबाट सचिवमा चन्द्र बहादुर थापा, कोषाध्यक्ष बिर बहादुर बस्याल सहित १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अध्यक्षमा निर्वाचित खत्री लामो समय देखि यातायात क्षेत्रमा क्रियासिल रहिदै आएका छन । नव निर्वाचित अध्यक्ष खत्रीले आफू व्यवसायी र यात्रु दुवैको हितका लागी लागि पर्ने बताए । उनले सार्वजनिक यातायात विश्वसनियता र भरपर्दो बनाउदै बाँके जिल्लाका व्यवसायीको अभिभावकको रुपमा काम गर्ने बताए ।

जिल्लाभरका यातायात व्यवसायीहरूको साझा संस्थाको रुपमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बाँके रहेको छ  ।यसमा जिल्ला भरका २३ वटा व्यवसायिक प्रालिको सहभागिता रहेको छ ।

महाधिवेशनको उद्‌घाटन सत्रमा महासङ्घका उपमहासचिव शम्भु लुइटेलले लगायतले सम्बोधन गरेका थिए । महासङ्घका केन्द्रीय सदस्य टङ्क बस्यालको अध्यक्षमा उद्‌घाटन सत्र सञ्चलन गरिएको थियो ।

  • १८ भाद्र २०८२, बुधबार ०८:४६ प्रकाशित
  • Nabintech