जनविश्वास सहकारीको २३औं साधारणसभा सम्पन्न
  • काँचुली खबर

६ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जनविश्वास बहुमुखी सहकारी संस्थाले २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भेरी सित भण्डारको हलमा साधारणसभा सम्पन्न भएको हो ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य ढकालले साधारणसभाको उद्घाटन गरेका थिए । उद्घाटनशत्रमा बोल्दै प्रमुख अथिती ढकालले पछिल्लो विषम परिस्थितीमा समेत संस्थाले आफ्नो विश्वास टुट्न नदिई शेयर सदस्यहरुको मन जित्न सफल भएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत थप सफलताको शुभकामना दिएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पछिल्लो समय ठुला र धेरै लगानि गरेका भनिएका सहकारीहरू धारासायी भएर दिनप्रतिदिन भाग्ने क्रम बढिरहेको प्रसंग उठाउँदै ढकालले सहकारीबाट ठगिएका ब्यक्तिहरूको पक्षमा आफुले निरन्तर रूपमा सँसदमा आवाज उठाईरहेको बताए । उनले देशैभर सहकारीबाट ठगिएका बचतकर्ताहरूलाई उनिहरूको पैसा फिर्ता गराउने प्रक्रिया अगाडि बढेको दावि गर्दै ढिलो चाँडो सबैले न्याय पाउने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य देवराज भार, लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, वहुउद्देश्यीय सहकारी संघ बाँकेका सचिव हरी चालिसे, नेकपा एमाले जिल्ला सचिव बलराम भट्टराई लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी देवकी धिताल र महेन्द्र शाही तथा उत्कृष्ट बचतकर्ताका रुपमा तुलसरा थापा, मोहविर खड्का र प्रेम कुमारी पौडेललाई सम्मान गरीएको थियो ।

साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले वार्षिक प्रतिवेदन तथा बजेट, नीति र कार्यक्रम पेश गरेका थिए । बन्दसत्रमा उक्त प्रतिवेदन पारित गरीएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधब पोखरेलले जानकारी दिए ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकाका विभिन्न ठाउँमा आफ्नो कार्यक्षेत्र विस्तार गरी सेवा प्रवाह गर्दै आएको उक्त सहकारीले अहिले कोहलपुरसँगै सम्झना र हवल्दारपुर सेवा केन्द्रबाट पनि सेवा प्रवाह गर्दै आईरहेको छ ।

सहकारीले यस वर्ष सम्पुर्ण खर्च कटाएर १३ लाख ७२ हजार २९५ रुपैयाँ नाफा गर्न सफल भएको पोखरेलले बताए ।

साधारणसभाले चालु आर्थिक वर्षकालागी ३५ करोड वार्षिक बजेट स्विकृत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

  • ६ भाद्र २०८२, शुक्रबार १८:२० प्रकाशित
  • Nabintech