१९ साउन, काठमाडौं । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाट स्वदेश फर्किएका छन। उनी सोमबार साँझ विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।
ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
च्याम्पियन बनेर नेपाल फर्किएका ढाटको स्वागतका लागि विमानस्थलमा उनका दर्जनौं समर्थकहरू फूलमाला र खादा लिएर उपस्थित भएका थिए। उनीहरूले ढाटको समर्थनमा नाराबाजी गर्दै उनको ऐतिहासिक जितको खुसीयाली मनाएका थिए।
ढाटले आइतबार राति भएको उपाधि भिडन्तमा भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै यो ऐतिहासिक उपाधि जितेका हुन्। यो जितसँगै उनी एमएफएनको बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
२० श्रावण २०८२, सोमबार १९:३४ प्रकाशित