“पचाउने ठाँउ भन्दा पहिला खुवाउने ठाँउ बनाउनुहोस”
  • रमेश बैगार

आदरणीय मेयर ज्यू, म यो पत्रमार्फत आजको कठिन परिस्थिति प्रति हाम्रो आवाज पुर्‍याउन चाहन्छु । अहिलेको वास्तविकता यस्तो छ कि जनता पेट पाल्न संघर्ष गरिरहेका छन् । हाम्रो युवाशक्ति हरेक दिन कामको खोजीमा खाडी मुलुक र नेपालका घर-घर, पसल-पसल, सडक-सडक र कार्यालय-कार्यालय दौडिरहेको छ ।

तर दुःखको कुरा, तपाईंको प्राथमिकता रोजगार सिर्जना भन्दा खुला व्यायाम स्थल, भ्यू टावर, पार्क बनाउनेतर्फ केन्द्रित देखिएको छ । खाली पेटले व्यायाम गर्न सकिँदैन, मेयरज्यू ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पहिला खुवाउने व्यवस्था गर्नुहोस्, अनि मात्रै पचाउने कुरा गर्नुहोस् ।

हामीलाई व्यायाम गर्न बनाइएको ठाउँभन्दा बढी आवश्यक परेको छ- स्थायी रोजगारी, सिपमूलक तालिम केन्द्रहरू, स्थानीय उत्पादनमा आधारित उद्योग, युवालाई स्वरोजगारमा जोड्ने योजनाहरू ।

हामी खुला ठाउँमा दौडिन होइन, खुला मनले काम खोज्न चाहन्छौं । व्यायामका लागि मानिससँग समय र शक्ति तब मात्र हुन्छ, जब ऊ दिनभरको श्रमको फलस्वरूप साँझ घर फर्केर ढुक्कसँग बस्न सक्छ।

अत, हाम्रो विनम्र आग्रह छ तपाईंले व्यायाम स्थल होइन, पहिले जनताको रोजगारी सुनिश्चित गर्ने कार्यक्रम ल्याउनुहोस् । जब रोजगार मिल्छ, तब शरीर र मन स्वस्थ रहनेछन् र स्वतः व्यायाम स्थलहरू प्रयोग हुनेछन्।

पचाउने ठाउँभन्दा पहिला खुवाउने ठाउँ बनाउनुहोस् । धन्यवाद ।

  • १७ श्रावण २०८२, शुक्रबार १४:४६ प्रकाशित
  • Nabintech