वार्षिक कार्ययोजना बनाउँदै माओवादी, अग्रजसँग सुझाव संकलन
  • काँचुली खबर

११ साउन, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले वार्षिक कार्ययोजना निर्माण गर्ने भएको छ । नगर समितिले आगामी एक वर्षमा गरिने कार्यहरू समेटेर कार्ययोजना निर्माण गर्न लागेको हो । कार्ययोजना निर्माणालागी सुझाव संलन गर्न शनिबारएकदिने कार्यशाला गोष्ठी आयोजना गरीएको छ ।

नगर अध्यक्ष बलबहादुर खड्का (अबिरल) का अनुसार कोहलपुर नगर समितिले एक वर्षभित्र गर्ने कामका विषयमा वार्षिक कार्ययोजनामा अग्रजहरूबाट सुझाव संकलन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र नगरका विभिन्न कमिटीमा आबद्ध नेता र जनवर्गीय संगठनका नेतृत्वको सहभागितामा कार्ययोजनाका विषयमा वृहत् छलफल भएको खड्काले बताए । ‘हामीले कार्यभार सम्हालेको ६ महिना पुगेको छ । यो अवधिमा हामीले प्रारम्भिक योजनाअनुसार काम गर्यौं । अब पार्टीले आगामी एक वर्षमा गर्ने कामका विषयमा कार्ययोजना निर्माण गर्न लागेको हो,’ उनले भने ।

पार्टीलाई पूर्णत जनतामा समर्पित गर्ने, नेताहरूलाई जनता, श्रमसँग जोड्ने र वडा कमिटीहरूलाई थप प्रभावकारी बनाउने गरी कार्ययोजना निर्माण भएको अध्यक्ष खड्काले बताए ।

कार्यशालाबाट प्राप्त रचनात्मक र सिर्जनात्मक सुझावलाई अन्तिम रुप दिएर कार्ययोजनालाई अन्तिम रुप दिइने खड्काको भनाइ छ । कार्ययोजनामा प्रमुख जनजीविकाका सवाल, सहिद तथा बेपत्ता परिवारसँग पार्टीलाई जोड्ने, उनीहरूका समस्या समाधान गर्ने विषय पनि कार्ययोजनामा समेटिनेछ ।

कार्यशालामा सुझाव दिँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा बाँके इन्चार्ज पूर्णाकुमारी सुवेदीले नेकपा माआवादी केन्द्रले अंगीकार गरेको उद्देश्य, लक्ष्य र पार्टी विधानको अधिनमा रहेर कार्ययोजना निर्माण गर्न सुझाव दिइन् ।

उनका अनुसार कोहलपुर नगर समितिले कार्ययोजना निर्माण गर्ने सिर्जनात्मक कार्यको थालनी गरेको छ । कार्ययोजनालाई कार्यान्वयनमुखी बनाउन उनले सुझाव दिइन् ।

केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले वर्तमान कमिटीले क्रियाशील रूपमा काम गर्दै आएको बताउँदै कार्ययोजना अनुसार काम गर्दा सजिलो हुने र परिणाम निस्कने बताए । संगठन सञ्चालन, परिचालन र जिम्मेवारी बाँडफाँटमा बिकेन्द्रीकरण गर्न आवश्यक रहेको केन्द्रीय सदस्य न्यौपानेको भनाइ थियो ।

‘एक वर्षे कार्ययोजना निर्माण गर्नु राम्रो कुरा हो । यसलाई कार्यान्वयन गर्न सकिने गरी अगाडि बढौँ । जनता र पार्टीलाई जोडेर संगठन विस्तारमा ध्यान दिनुपर्छ,’ न्यौपानेले भने ।

नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले कोहलपुर नगर समितिले निर्वाचित भएको ६ महिनाको अवधिमा थुप्रै राम्रा काम गरेको बताए । उनका अनुसार आगामी दिनमा पनि अझै व्यवस्थित रूपमा काम गर्न एक वर्षे कार्ययोजना निर्माण भएको छ । यस्ता सिर्जनात्मक कार्य अन्य पालिका कमिटीलेसमेत गर्ने संयोजक पाण्डेले बताए ।

कार्यशालामा विभिन्न कमिटीका प्रमुखहरूको सहभागिता रहेको थियो ।

  • १२ श्रावण २०८२, आईतवार १६:१६ प्रकाशित
  • Nabintech