नाउपाको कार्यबाहक अध्यक्षमा बास्तोला, जिम्मेवारीबाट अलग भईन रञ्जिता
  • काँचुली खबर

११ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् । शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए ।

पार्टी अध्यक्ष श्रेष्ठले पोखरा महानगरपालिका-६ निवासी पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । उनले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छिन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यबाहक तोकिएको पत्रमा लेखेकी छिन् ।

  • १२ श्रावण २०८२, आईतवार १५:१८ प्रकाशित
  • Nabintech