भुटानविरुद्ध नेपालको ८-० गोलको फराकिलो जित
  • काँचुली खबर

३ साउन, काठमाडौं । बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको छ ।

प्रतियोगितामा यसअघि ७ गोलसम्म गरेको नेपालले हालसम्मकै धेरै गोल गर्दै खेल जित्यो । नेपालको जितमा पूर्णिमा र मीनाको ह्‍याट्रिकसँगै कुसुम खतिवाडाले १ गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पहिलो हाफमै ६-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो । खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिरेपछि नेपालको अग्रता दोब्बर भयो ।

१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् । २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई ४-० को अग्रतामा पुर्‍याइन् ।

इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेडर गोल गर्दै अग्रता ५-० मा पुर्‍याइन् । इन्जुरी समयकै अन्तिममा पूर्णिमाले ह्‍याट्रिक पूरा गर्दा नेपाल ६-० ले अघि रह्‍यो ।

६३औं मिनेटमा कुसुम खतिवाडाले गोल गरिन् भने लगत्तै ६४औं मिनेटमा मीनाले ह्‍याट्रिक पूरा गरेपछि नेपाल ८-० ले अगाडि बढ्यो । त्यसपछि थप गोल भएनन् ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।

दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो ।

प्रतियोगितामा नेपालको ५ खेलमा १२ अंक भएको छ भने बंगलादेशको ४ खेलमा १२ अंक छ । बंगलादेशले आजै बेलुका श्रीलंकासँग खेल्दै छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

  • ४ श्रावण २०८२, शनिबार १६:५६ प्रकाशित
  • Nabintech