मोफलसमै उत्कृष्ट जनशक्ती उत्पादन गर्दै बागेश्वरी एकेडेमी
  • काँचुली खबर

३० असार, कोहलपुर । बाँकेको कोहलपुर पछिल्लो समय शैक्षिक हवको रुपमा विकास हुँदै गएको छ । स्थानियस्तरमै एकपछि अर्को उत्कृष्ट कलेज खुल्ने क्रम बढेसँगै यहाँको शेक्षिक गतिविधिले तिब्रता पाएको छ ।

आजभन्दा १९ वर्ष पहिले कोहलपुरको शैक्षिक वृत्तमा नयाँ उद्धेश्यका साथ एउटा शैक्षिक संस्था, बागेश्वरी एकेडेमी स्कुलको उदय भयो । कोहलपुर नगरपालिका वडा नं। १० स्थित शान्त र रमणीय स्थानमा आफ्नै भब्य संभौतिक संरचना सहित स्थापना भएको वागेश्वरी एकेडेमी पछिल्लो समय बाँकेकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा उभिन सफल भएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आसन्न एसईई रिजल्टमा ७५ जना विद्यार्थी पास गराउन सफल वागेश्वरीले गुणस्तरिय तथा युग सुहाउदो शिक्षा प्रदान गर्दै आएको छ । ”यहाँवाट आफनो सुनौलो भविष्य सुनिश्चित गर्नुहोस” भन्ने स्लोगन सहित कक्षा ११ का लागि विद्यार्थीहरु भित्र्याउदै गरेको विद्यालयले कक्षा ११ मा साईन्सतर्फ अंग्रेजी, नेपाली, फिजिक्स, क्यामेस्ट्री, बायोलोजि तथा कम्प्युटर एवं गणित विषयमा अध्यापन गराउने गरि तिब्रता दिएको छ ।

कोहलपुर क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको लगानिमा २०६३ सालमा स्थापित यस स्कुलले स्थापनाकालको उडानलाई निरन्तरता त दिएको छ नै हरेक वर्ष प्लस टु तर्फ समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । विद्यालयले साईन्सका अलवा म्यानेजमेन्टतर्फ अंग्रेजी, नेपाली, एकाउन्टिङ, अर्थसास्त्र, होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सकासाथै सोसियल स्टडी र म्याथम्याटिक्सलाई समेत प्रथामिकतामा राख्दै विद्यार्थीहरुको संभावित मागहरुलाई पुर्ति गरीरहेको विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकी बताउँछन ।

अनुभवि तथा दक्ष शिक्षक, बायोलोजी एवं फिजिक्स ल्याव, कम्प्युटर ल्याव सहित एयर कन्डिसनयुक्त वातावरणमा अध्ययन गर्न सकिने वागेश्वरी एकेडेमीमा अतिरीक्त शिक्षाकालागी विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरु उपलब्ध हुनेगरि लाईबेरीको समेत व्यवस्था गरेको गोराथोकीले बताए । ई-लर्निङ, प्रोजेक्टबेस सिकाई, स्मार्ट वोर्ड प्रयोग र अनलाईनमा शिक्षकहरुसँग परामर्शकासाथ अध्ययन सुविधा प्रदान गरिरहेको विद्यालयले खेलकुद एवं अन्य अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रिन्सिपल गोराथाकीले शैक्षिक भ्रमण, फिल्ड भिजिट र प्रयोगात्मक अभ्यासलाई पनि सिकाईको माध्यमका रुपमा सदुपयोग गरीराखेको बताउँछन ।

शैक्षिक परामर्श एवं मनोपरामर्शकासाथ अध्यापन हुने यस विद्यालयमा अत्याधुनिक आफ्नै भवनभित्र पारिवारीक वातावरण तथा विद्यार्थीहरुको रुचिको विषयलाई प्राथामिकतामा राखेर अध्ययन अध्यापन हुने गरेको विद्यालयका अध्यक्ष किसन गुरुङ बताउँछन । एसईई उतीर्ण पश्चात कक्षा ११ मा आफ्नो रुचिको विषय अध्ययन गर्ने मनसाय बनाएका विद्यार्थीहरुलाई उहि र उस्तै खर्चमा बिज्ञान र ब्यवस्थापन अध्ययनको अवसर प्रदान गरीरहेको अध्यक्ष गुरुङले बताए ।

उत्कृष्ट, ईमान्दार, जेहन्दार, गरिव, विपन्न, दलित, अल्पसंख्यक तथा पिछडिएका वर्गबाट अध्ययन गर्न आउने विद्यार्थीहरुकालागि स्करलशिपको अवसर प्रदान गरेको विद्यालयले विद्यार्थीको बैज्ञानिक उपस्थितीकालागि डिजिटल हाजिरी सेवा प्रदान गरेर अभिभावकहरुको मन जित्ने प्रयत्न समेत गरेको छ । हरेक शैक्षिक गतिविधिमा उत्कृष्टता प्रर्दशन गर्दै आएको विद्यालयले इन्टर्नसीप, करियर काउन्सिलिङ, प्राक्टिकल शिक्षा, साइकोलोजिस्ट तथा विशेषज्ञ परामर्शदाताका साथै सुबिधा सम्पन्न पूर्वाधारमार्फत मोफसलमै उत्कृष्ट जनशक्ती उत्पादन गर्दै आईरहेको छ ।

  • ३० असार २०८२, सोमबार १२:१४ प्रकाशित
  • Nabintech