२७ असार, सुर्खेत । असारमा एचआईभी एड्स संक्रमित महिला नै यौन व्यवसायमा संलग्न हुने गरेको तथ्य फेला परेको छ ।
गएको जेठ ३० गते राती वीरेन्द्रनगरका केही होटलले यौन व्यवसाय सञ्चालन गर्दै आएको सूचना सुर्खेत प्रहरी समक्ष पुग्यो । प्रहरीको सादा पोशाकसहितको टोलीले यौन व्यवसाय सञ्चालन गरिरहेको होटलमा निगरानी राख्यो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
वीरेन्द्रनगर–६ वुद्धपथ आसपासका तीन होटलमा लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरिरहेको तथ्य प्रहरीले फेला पा¥यो । ति होटल थिए हार्दिग, दंगाली र विकास होटल । गोप्य सूचनाबाट आएको जानकारी अन्तत प्रहरीले पुष्टि गरेपछि पोशाकसहितका प्रहरीले तीन वटै होटलमा एकैसाथ छापा हान्यो ।
होटलमा श्रीमतिसहित बसेका जोडी पनि थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रीमान श्रीमती नै हो भन्ने आधार पुष्टि भएकाहरु होटलमै छाडेर बाँकी २५ जनालाई पक्राउ ग¥यो । राती ११ बजेर ३० मिनेटमा ११ महिला र १४ जना पुरुषलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत लग्यो ।
पक्राउ गरेको राती खासै केराकर प्रहरीले गरेन् । भोली पल्ट अर्थात् जेठ ३१ गते शनिवार थियो । सामान्य सोधपुछ बाहेक प्रहरीले थप अनुसन्धान गरेन् । असार १ गते आइतबार प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया थाल्यो ।
अनुसन्धानकै क्रममा एक जना महिला आफू एचआईभी संक्रमित भएको र औषधी मगाइदिन प्रहरीलाई अनुरोध गरिन् । ३३ वर्षीय ति महिलाले अनुसन्धानको क्रममा आफूलाई श्रीमानबाट एचआईभी रोगको संक्रमण भएको बताइन् ।
प्रहरीले ति महिलाको नाम र ठेगाना सार्वजनिक गरेको छैन् । रोजगारीको शिलशिलामा श्रीमान भारत जाने र उनैबाट आफूलाई एचआईभी सरेको वयान प्रहरीलाई दिइन् । तर उनीबाट जन्मिएका तीन सन्तानमा एचआईभी रोगको संक्रमण नदेखिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले उनी विरुद्ध संक्रामक रोग फैलाउन नहुने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।
रोग लुकाएर थप अरु व्यक्तिहरुमा फैलाउन उद्धत भएको भन्दै प्रहरीले पक्राउ परेका ति महिलाविरुद्ध सामाजिक सदाचार, बेश्याबृत्ति र संक्रामक रोग फैलाउन नहुने सम्बन्धी मुद्दा चलाएको छ ।
श्रीमान एचआईभीकै कारण मृत्युपछि दोस्रो विवाह गरेको र दोस्रो श्रीमानको पनि मृत्युपछि यौन व्यवसायमा संलग्न भएको वयान दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाही बताउँछन् ।
‘आफै संक्रमित भएको व्यक्तिले थप अन्य व्यक्तिमा रोग सार्नमा भूमिका खेलेकाले छुट्टै मुद्दा दर्ता गरेका छौं,’ शाही भन्छन्, ‘अनुसन्धानका क्रममा आफू पनि यौन व्यवसायमा संलग्न हुने र अरु महिलाहरुलाई त्यो कार्यमा लगाउँदै आएको खुलेको छ ।’
विभिन्न समयमा युवतिहरुलाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित प्रहरीले हालसम्म २९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध सामाजिक सदाचार, बेश्याबृत्ति सम्बन्धी मुद्दा चलाएको छ ।
पक्राउ परेका अधिकाँश महिलाहरुमध्य एक जना बालिका छन् । बाँकी ३८ वर्ष उमेर समूहका महिला रहेको प्रहरीले जनाएको छ । ‘यौन व्यवसायमा संलग्नहरु अधिकाँश छिटो रकम कमाउने उदेश्यले लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढा थापा भन्छन्, ‘कर्णालीका माथिल्ला जिल्लाहरुबाट रोजगारी र अवसरको खोजीमा वीरेन्द्रनगर झरेकाहरु नै बढी आफै र कसैको लहलहैमा यौन व्यवसायमा लागेको बताउने गरेका छन् ।’
पक्राउ परेका केही महिलाहरुले कोरानाका कारण व्यवसाय धरासाही बनेपछि यौन व्यवसायको बाटो रोजेको वयान प्रहरीलाई दिएका छन् । पछिल्ला समय वुद्धपथ र बसपार्क क्षेत्रका होटलहरुमा यौन व्यवसाय नै सञ्चालन गरिरहेको सूचनापछि निगरानी बढाएको प्रवक्ता बुढथापा बताउँछन् ।
होटलहरुमा युवतीहरुलाई बेश्यावृति कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन कडाई गरिएको उनी बताउँछन् । ‘कुनै होटलहरुमा त्यस्ता गतिविधिहरु भइरहेको थाहा पाउनुभयो भने हामीलाई गोप्य जानकारी दिन सबैमा अनुरोध गरेका छौं,’ बुढा थापा भन्छन्, ‘सामाजिक रुपमा खलल पुर्याउने गतिविधिलाई निरुत्साहित गर्न प्रहरी गम्भिर भएर लागेकाले यसमा सबैको साथ आवश्यक छ ।’
नेपालकर्मबाट
२७ असार २०८२, शुक्रबार १२:५४ प्रकाशित