१० असार, काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई ९ विकेटले हराएको छ । मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका शिवान्स बजगाईं ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे। जोय थापा १ रनमा आउट भए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि शुभम खनालले ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान १ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो ।
नेपालले दोस्रो खेलमा अपराजित रहँदै ४ अंक जोडेको छ । जापानको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएको थियो ।
१० असार २०८२, मंगलवार १२:०२ प्रकाशित