८ असार, काठमाण्डौं । मलेसियामा जारी पुरुष यू-१६ क्रिकेट इस्ट कपमा नेपालले विजयी सुरुवात गरेको छ । ओपनर प्रसिद्ध जैसीको अर्धशतकको मद्दतमा नेपाली युवा टोलीले सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो ।
सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि ओपनर जैशीले अविजित पारी खेले । उनले ९७ बलमा नटआउट ५५ रन बनाए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दोस्रो विकेटका लागि रौनक श्रीवास्तव र प्रसिद्ध जैसीले ८८ बलमा ६३ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो । ४४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाएका रौनक श्रीवास्तव आकाश तेजाको बलमा क्याच आउट भए । जोय थापा ४ रनमा आउट हुँदा सुगम बुढाथोकी शून्य रनमै पेबेलियन फर्किए। शुभम खनाल ९ रनमा नटआउट रहे ।
सिंगापरका लागि आकाश तेजाले ३ विकेट लिँदा युभान पाण्डेले एक विकेट हात पारे । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिगांपुर ३६.१ ओभरमा १ सय ३८ रन बनाउँदा अलआउट भयो ।
सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।
प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ । समूह एमा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह बीमा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार जापानसँग खेल्नेछ । आगामी आइतबार इन्डोनेसिया तथा समुह चरणको अन्तिम खेलमा भुटानविरुद्ध खेल्ने तालिका छ ।
८ असार २०८२, आईतवार १३:४१ प्रकाशित