२५ जेष्ठ, काठमाडौँ । स्कटल्यान्डले विश्वकप क्रिकेट लिग-२ मा आइतबार नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेपछि डन्डीको फोर्टहिलमा पहिला ब्याटिङ गर्ने भएको हो ।
पहिलो दुई खेलमा उच्च नतिजा निकालेका कारण नेपाल फेरि अर्को यस्तो नतिजा ल्याउनेमा विश्वस्त देखिन्छ । पहिलो दुई खेल जितेको नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालबाट कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी प्लेयिङ ११ बाट खेलिरहेका छन् ।
स्कटल्यान्डले म्याकेन्जी जोन्सलाई ‘डेब्यु’ गराइरहेको छ । उनले पछिल्लो वर्ष स्कटल्यान्डको यू-१९ टोलीबाट खेल्दै आएका थिए । त्यस्तै चार्ली क्यासेल टोलीमा फिर्ता भएका छन् । गत वर्ष उनले डन्डीमै आफ्नो ‘डेब्यु’ मा ओमानविरुद्ध ५.४ ओभरमा २१ रन खर्चेर ७ विकेट लिएका थिए, जुन कुनै पनि खेलाडीको एकदिवसीय अन्तराष्ट्रिय ‘डेब्यु’ मा उत्कृष्ट बलिङ प्रदर्शन हो । जोन्स र क्योलले जास्पर डेभिडसन, ज्याक जार्भिसको स्थान लिनेछन् ।
फोर्टहिलमा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । नेपालले सोमबार यस शृंखलाको आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको थियो । करण केसीले अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा ठूलो रन लक्ष्य पछ्याएको थियो ।
नेपालले बुधबार आफ्नो दोस्रो खेलमा आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो ।
१४ खेलमा नेपालले १० अंक जोडी सातौं स्थानमा छ । स्कटल्यान्डको १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ । अमेरिका २८, नेदरल्यान्ड्स २६ र ओमानको २४ अंकसहित शीर्ष ३ स्थानमा छ । आठ राष्ट्र सहभागि लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।
स्कटल्यान्डले शुक्रबार नेदरल्यान्ड्सलाई ४४ रनले पराजित गरेको थियो । नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर यस लिग-२ को यात्रा टुंग्याउनेछ ।
२६ जेष्ठ २०८२, आईतवार १५:२२ प्रकाशित