२५ जेठ, काठमाण्डौं । प्रधानाध्यापक संघ नेपाल (PAN) को अध्यक्षमा सुदाम प्रसाद गौतम निर्वाचित भएका छन । पोखरामा आयोजित संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट गौतमको अध्यक्षतामा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा हेरम्बराज कँडेल, उपाध्यक्षमा टिकाराम पाण्डेय, महासचिवमा लक्ष्मण श्रेष्ठ, उप महासचिवमा मीन अछामी, सचिबहरूमा बेग बहादुर थापा, मन्जु बस्नेत र याम बहादुर श्रेष्ठ चयन भएका छन भने कोषाध्यक्षमा रिता तिवारी, सहकोषाध्यक्षमा हिमाल केसी र सदस्य सचिवमा घनश्याम न्यौपाने चयन भएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यसमितिको सदस्यहरूमा सञ्जय कुमार झा, बसन्ता गिरी, लक्ष्मी पन्त देवकोटा, विश्वरसिंह मेवाहाङ, चन्द्र प्रसाद मैनाली, बामदेव पौडेल, हरिप्रसाद घिमिरे, नवराज घिमिरे, लक्ष्मण दत्त भट्ट, कुबेर प्रसाद भेटुवाल, विनिता कुमारी साह, महाबिर दास, प्रबिन प्रकाश श्रेष्ठ, गीता काफ्ले, शारदा पौडेल, दुर्गा बहादुर रावत, मधुसुदन पोखरेल र डा. टंक दाहाल चयन भएका छन ।
देशैभरिबाट करिब ७०० भन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सहभागी भएको सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उद्घाटन गरेका थिए । सम्मेलनमा प्रधानाध्यापक संघ नेपालको शैक्षिक पत्रीका “एडु टुडे” को विमोचन गरिएको थियो भने वार्षिक क्यालेन्डर समेत वितरण गरिएको थियो ।
सम्मेलनमा जापानको JICA, UNDRR, अमेरिकी दूतावास तथा अमेरिकन कर्नर, बङ्गलादेश र अफ्रिकाका प्रतिनिधिसँगै नेपालका काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पूर्व-वर्तमान शिक्षा प्रशासकहरूले शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक (आधारभूतर माध्यमिक), उत्कृष्ट विद्यालय (आधारभूतर माध्यमिक) र उत्कृष्ट स्थानिय तहका पालिका (गाउँपालिका, नगरपालिका र महानगरपालिका) लाई समेत सम्मानित गरिएको थियो ।
२६ जेष्ठ २०८२, आईतवार १२:२५ प्रकाशित