२३ जेठ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरूमा एक हप्ताको लागि ग्रीष्मकालीन बिदा दिने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार, २०८२ जेठ ३० गते शुक्रबारदेखि लागू हुने गरी एक हप्ताको लागि सम्पूर्ण विद्यालय (सामुदायिक, संस्थागत तथा धार्मिक) बन्द रहनेछ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्मरणीय छ, पछिल्लो केही दिनयता नेपालगन्ज क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ, जसका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्थिति देखिएको छ । यसलाई ध्यानमा राख्दै नगरपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिएको हो ।
सूचनामा भनिएको छ, “नेपालगन्ज क्षेत्रमा भैरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले २०८२/०२/३० गते शुक्रबारदेखि एक हप्ताका लागि ग्रीष्म बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ ।”
यस निर्णयले बालबालिकाको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले सबै विद्यालयलाई यो सूचना कार्यान्वयन गर्न आग्रह गरेको छ ।
२४ जेष्ठ २०८२, शुक्रबार १४:५३ प्रकाशित