राष्ट्रपति रनिङ्ग शिल्ड : कोहलपुर यस वर्ष पनि जिल्ला प्रथम
  • काँचुली खबर

२१ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले निरन्तर चौथो पटकसम्म १६ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

लगातार तिन वर्ष उपाधि जितेर ह्याट्रिक गरेको कोहलपुर यस वर्ष पनि १८ स्वर्ण, १० रजत र १४ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरले आफ्नो अस्तित्व बचाउन सफल भएको भन्दै खेलाडी, प्रशिक्षक, कोहलपुर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी सबैमा हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।

‘पालिकाले गरेको लगानीको प्रतिफल खेलाडिले फिल्डमा देखाएका छन्’ उनले भने, ‘जसले थप उर्जा मिलेको छ ।’ कोहलपुरलाई खेलकुद ग्रामका रुपमा विकसित गर्ने संकल्प लिएको नगर प्रमुख आचार्यले बताए ।

खेलकुदले सामाजिक विकृति, कुसंस्कृति र कुलत जस्ता असामाजिक गतिविधिहरुमा न्यूनिकरण गर्न खेलकुदले समेत सघाउन पु¥याउने उनको भनाई थियो ।

  • २२ जेष्ठ २०८२, बुधबार १५:०९ प्रकाशित
  • Nabintech