बाहाना नाईट क्रिकेटकाे, प्रचार जनप्रतिनिधिकाे
  • काँचुली खबर

१० जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा शुक्रबार देखि रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरू भएकाे छ । नगर खेलकुद विकास समिति कोहलपुरकाे आयाेजना तथा काेहलपुर नगरपालिकाकाे संरक्षणमा सुरू भएकाे प्रतियोगिता सुरूकाे दिनदेखि नै आलाेचित भएकाे छ ।

खेल क्षेत्रकाे विकासकालागि भन्दै आयाेजना गरीएकाे प्रतियोगितामा खेलभन्दा बढि स्थानिय जनप्रतिनिधिकाे तस्बिरले प्रथमिकता पाएका छन । खेलकाे बाहानामा जनप्रतिनिधिहरूकाे प्रचार गरीएकाे भन्दै स्थानियले आश्चर्य ब्यक्त गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राजतन्त्रकालमा राजपरिवारका सदस्यहरुको फोटो राखेर जय जयकार गरेको झल्को दिने गरि नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदि सहित वडाध्यक्षहरुको फोटो राखेर प्रचार गरेपछि आयोजक नगर खेलकुद विकास समितिको चौतर्फि आलोचना भएको छ । छोटे राजाहरुको प्रचारशैलि भनेर आलोचना खेप्ने गरि पोल पोलमा नगर प्रमुख, उप प्रमुख र वडाध्यक्ष सहितका फोटाहरु राखेपछि असन्तुष्ट देखिएका अभियान्ता भुम भण्डारीले कार्यालयमा धित मरुन्जेल देखिएका अनुहारहरु मनोरञ्जन र खेल स्थलमा हेरिदिनुपर्ने यो कस्तो बाध्यता भन्दै प्रति प्रश्न गरेका छन ।

यसैगरि राष्ट्रिय क्रिकेटका पुर्व कप्तान एलबि क्षेत्रिले निश्चितरूपमा यस्तो अभ्यास राम्रो नभएकाले देखासिखि गर्न नहुने प्रतिक्रिया दिएका छन । पोलमा आफु लगाएत जनप्रतिनिधिहरुका फोटो देखेपछि लज्जावोध भएको भन्दै वडा नं. ३ का अध्यक्ष माधव रिजालले आयोजकले यो कार्य यथाशिघ्र सुधार गर्नुपर्ने र ती फोटाहरु तुरुन्त हटाउनुपर्ने बताएका छन ।

उद्घाटन खेलमा बेलनपुर विजयी

यसैबिच शुक्रबार सम्पन्न उद्घाटन खेलमा रोयल बेलनपुर विजयी भएकाे छ । सगरमाथा स्पोर्ट क्लबलाई पराजित गर्दै रोयल बेलनपुरले विजयी सुरूवात गरेकाे हाे ।

जेठ ९ गते देखि २० गतेसम्म संचालन हुने प्रतियोगिताकाे विजेता टिमले एक लाख पचास हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने बताईएकाे छ । त्यसैगरी उपविजेताले ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने प्लेयर अफ द टूर्नामेन्टले बीबी साइकलसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट ब्याटर, बलर र फिल्डरलाई पनि ट्रफी र मेडल प्रदान गरिनेछ आयोजकले जनाएको छ ।

  • ११ जेष्ठ २०८२, शनिबार ०९:०८ प्रकाशित
  • Nabintech