कोहलपुर नाईट क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बेसडरमा थापा नियुक्त
  • काँचुली खबर

८ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा पहिलो पटक आयोजना हुन गईरहेको कोहलपुर रात्रीकालीन क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बेसडरमा ममता थापा नियुक्त भएकी छन । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको पूर्व उप-कप्तान समेत रहिसकेकी अन्तर्राष्ट्रिय खेलाडी थापालाई प्रतियोगिताको ब्रान्ड एम्बेसडर नियुक्त गरीएको हो । यहि जेठ ९ गतेदेखि २० गतेसम्म कोहलपुरको खुल्ला मैदानमा प्रतियोगिता आयोजना हुँदै छ ।

समाजमा खेलकुदमार्फत सद्भाव, मित्रता, सुशासन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताले कोहलपुरको विकास र पहिचानकालागि महत्वपूर्ण भुमिका खेल्ने आयोजक कोहलपुर नगर खेलकुद विकास समितिले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

१२-१२ ओभरको खेल हुने प्रतियोगितामा दैनिक तीनवटा खेल सञ्चालन गरिने बताईएको छ । प्रत्येक टिममा १४ जना खेलाडी रहने व्यवस्था गरिएको छ ।

प्रतियोगिताकाृ विजेता टिमलाई एक लाख पचास हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ । उपविजेताले ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टूर्नामेन्टले बीबी साइकलसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट ब्याटर, बलर र फिल्डरलाई पनि ट्रफी र मेडल प्रदान गरिनेछ आयोजकले जनाएको छ ।

  • ९ जेष्ठ २०८२, बिहीबार १६:११ प्रकाशित
  • Nabintech