१ जेठ, कोहलपुर । बाँकेका आठ स्थानीय तह मध्ये खजुरा गाउँपालिकामा सबै भन्दा कम बेरुजु देखिएको छ । गत वर्ष २०८०/०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा खजुरा गाउँपालिकामा सबैभन्दा कम १.५० प्रतिशत बेरुजु देखिएको हो ।
त्यसैगरी दोस्रोमा कोहलपुर नगरपालिका रहेको छ । कोहलपुर नगरपालिकाको १.६६ प्रतिशत बेरुजु देखिएको छ । राप्तीसोनारी गाउँपालिकाको २.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको २.२९ प्रतिशत, डुडुवा गाउँपालिकाको २.७२ प्रतिशत, जानकी गाउँपालिकाको २.८६ प्रतिशत, नरैनापुर गाउँपालिकाको ३.०२ प्रतिशत र सबैभन्दा बढि बैजनाथ गाउँपालिकाको ३.३४ प्रतिशत बेरुजु देखिएको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले आउने आर्थिक वर्षमा बेरुजु शुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।
यस्तै खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनारले बेरुजुलाई शुन्यमा झारेर बेरुजु रहित पालिका बनाउने अभियानमा लागेको जिकिर गरे ।
प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जनप्रतिनिधिहरुको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताउँदै आउने आर्थिक वर्षमा अपेक्षित रुपमा कमी आउने बताए ।
२ जेष्ठ २०८२, बिहीबार १३:०३ प्रकाशित