प्रधानाध्यापक संघ नेपाल (PAN) एक गैरराजनीतिक, नाफारहित, जनहितकारी, सेवामूलक तथा पेशागत संस्था हो, जसले नेपालभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा मंचको रूपमा कार्य गर्दछ । यस संस्थाले विद्यालयलाई स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म जोड्दै सामुदायिक विद्यालयहरूको उत्कृष्ट अभ्यास आदानप्रदान गर्न, शैक्षिक, प्रशासनिक, व्यवस्थापकीय तथा कानुनी परामर्शमार्फत प्रधानाध्यापकहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।
नेपाल सरकारका सम्बन्धित निकायमा विधिवत रूपमा दर्ता भई, प्रधानाध्यापक संघ नेपालको स्थापना २०८० साल फाल्गुन ४ गते, शुक्रबारका दिन भएको हो । एक वर्षको छोटो अवधिमा यस संस्थाले पालिका, जिल्ला, प्रदेश र केन्द्रमा संगठन विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रधानाध्यापक संगठन (ICP) मा समेत सदस्यता हासिल गरिसकेको छ । मे १३, २०२४ मा ICP मा आधिकारिक रूपमा दर्ता भएसँगै, केन्यामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट PAN का केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम ICP को कार्यकारी समिति सदस्यमा निर्वाचित भइसक्नुभएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२०८१ साल जेठ २६ र २७ गते राजधानीमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनपछि, प्रधानाध्यापक संघ नेपालले २०८२ साल जेठ २३ र २४ गते प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा शहरमा दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ। यस सम्मेलनमा देशभरका ८०० भन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहनेछ।
सम्मेलनको प्रमुख विषयवस्तु “नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाई” (Redefining Leadership Dimensions: Pioneering Change for School Excellence) रहेको छ।
सम्मेलनका प्रमुख आकर्षणहरू:
– २८ वटा प्रभावशाली शैक्षिक प्रस्तुति
– प्यान-एलएमएस प्रणालीको औपचारिक शुभारम्भ
– उत्कृष्ट शैक्षिक अभ्यासहरूको आदानप्रदान
– विचारमूलक प्यानल छलफलहरू
यस सम्मेलनमा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू, विश्वविद्यालयका प्राध्यापकहरू, शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, नेपाल सरकारका विशिष्ट अतिथिहरू तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहनेछ।

काठमाण्डौंमा गत वर्ष सम्पन्न प्रधानाध्यापक संघ नेपाल (PAN) को प्रथम राष्ट्रिय सम्मेलनको झलक ।
सम्मेलनमा प्रदान गरिने PAN Best Awards २०८२ अन्तर्गत निम्न विधामा उत्कृष्टता सम्मान गरिनेछ :
– प्रत्येक प्रदेशबाट एक उत्कृष्ट विद्यालय (आधारभूत र माध्यमिक तह)
– प्रत्येक प्रदेशबाट एक उत्कृष्ट प्रधानाध्यापक (आधारभूत र माध्यमिक तह)
– एक उत्कृष्ट गाउँपालिकारनगरपालिका
– सम्पूर्ण नेपालबाट एक उत्कृष्ट महानगरपालिका-उपमहानगरपालिका
उपयुक्त मापदण्डका आधारमा चयन समितिबाट निष्पक्ष रूपमा छनोट गरिएका विजेताहरूको नाम छिट्टै सार्वजनिक गरिनेछ।
सम्मेलनले शिक्षा, नेतृत्व र रूपान्तरणको साझा अभियानमा सक्रिय सहभागिता सुनिश्चित गर्न सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
साथै, सम्मेलनमा जिल्लास्तर, प्रदेशस्तर तथा केन्द्रीय स्तरका नमुना विद्यालयका उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरिनेछन्। विश्वविद्यालयका प्राध्यापकहरू, शिक्षा सचिव तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबाट नेतृत्व विकास तथा पेशागत सक्षमता विषयक प्रस्तुति समेत गरिनेछ। कार्यक्रममा प्रधानाध्यापक संघ नेपालको मुखपत्र विमोचन र वार्षिक क्यालेन्डर पनि वितरण गरिनेछ।
बेग बहादुर थापा
सचीव, प्रधानाध्यापक संघ नेपाल
१ जेष्ठ २०८२, बुधबार १७:५८ प्रकाशित