बेलायत पलायन भएपछि साँसद पदबाट राजीनामा
  • काँचुली खबर

३० बैशाख, कोहलपुर । पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भएको खुलेको छ ।

समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गीता अब बेलायतमै बस्ने मनसायमा रहेको निकट स्रोतले बतायो । उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए । अहिले पनि उतै रहेको सूचना पाएको गुप्ताले बताए । उनका अनुसार सांसद गुरूङ पछिल्लो २ महिनायता सम्पर्कमा थिइनन् ।

भैरहवाको सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङका एक नातेदारका अनुसार उनी बेलायत गइसकेकी छन् । उनले उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन् ।

गीताको राजीनामा पत्र उनका पति कैलाश गुरूङले सञ्चारकर्मीहरूलाई मेसेन्जरमा पठाइदिएका थिए ।

‘उहाँ बेलायत गइसक्नुभएको छ । अब राजनीतिमा आउनुहुन्न । उतै बस्नुहुन्छ’, ती आफन्तले भने ।

गुरुङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा भने पुगेको छैन । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सांसद गुरूङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा आइनसकेको जानकारी दिए ।

गीताका पति कैलाशको पनि मोबाइल फोन स्वीचअफ छ ।

  • ३० बैशाख २०८२, मंगलवार १४:१६ प्रकाशित
  • Nabintech