४ बैशाख, सुर्खेत । सुर्खेतको चर्चित बुलबुले तालको क्षेत्रफल बढाईने भएको छ । डिभिजन जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले बुलबुले तालको गुरुयोजना अनुसार आगामी असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने भएको छ । बुलबुले ताललाई प्रदेश सरकारले विगत पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन गरेर विस्तार तथा संरक्षण गर्दै आइरहेको छ ।
अहिले बुलबुले तालको ४२ सय वर्गमिटर क्षेत्रफल बढाउने कार्य शुरू भएको कार्यालयका प्रमुख शिखर चपाईले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार पुरानो ताल १६ सय वर्गमिटर थियो भने अहिले निर्माण गर्न लागिएको नयाँ तालको क्षेत्रफल दुई हजार दुई सय वर्गमिटरभन्दा बढी पुग्नेछ ।
प्रविन निर्माण सेवाले एक करोड १२ लाख ३६ हजार ८६३ मा निर्माण गर्नेगरी कार्यालयसँग सम्झौता गरेको छ भने निर्माण कम्पनीले २०८२ असार १० गतेसम्म निर्माण गरिसक्ने छ ।
यो बजेटमा निर्माण कम्पनीले एक मिटर ७५ सेन्टिमिटरको पर्खाल लगाउने छ भने फोहोर पानी बग्ने नालीमा स्ल्याब राख्ने र फुटपाथसमेत निर्माण गर्ने चपाईको भनाइ छ ।
‘यो तालको क्षेत्रफल बढाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । बुलबुले तालको गुरुयोजना अनुसार यो ताल निर्माण भइरहेको हो,’ प्रमुख चपाईले भने, ‘योजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भइसकेको छ भने १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । २३० मिटर पर्खालमध्ये हालसम्म ९२ मिटर निर्माण पुरा भइसकेको अवस्था छ ।’
उनले मुख्यमन्त्री यामलाल कँडेलले छिटो र गुणस्तरीय निर्माणका लागि बारम्बार ताकेता गरिरहेका बताए । ‘हिजो पनि मुख्यमन्त्रीज्यू स्थलगत अनुगमनमा जानुभएको हो । यसपटकगरी दुई पटक उहाँ निर्माणस्थल पुगिसक्नुभएको छ,’ चपाईले भने, ‘जसरी भए पनि समयावधिभित्रै निर्माण कार्य सक्न मुख्यमन्त्रीज्यूले निर्देशन दिनुभएको छ । सोही निर्देशनअनुसार तीव्र गतिमा काम भइरहेको छ ।’
यो तालको गहिराइ भने दुई मिटरको हुने प्रमुख चपाईले बताए । ‘यो तालले कर्णालीको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा हामीले गरेका छौं । ताललाई सफा राख्न सकिएको खण्डमा यो तालको पानी जीव जनावरका लागि पनि उपयुक्त हुनेछ,’ मुख्यमन्त्री कँडेलले भने, ‘ताल विस्तार सम्पन्न भएमा एकातिर राजश्व संकलन पनि वृद्धि हुने र अर्कोतिर प्रकृतिको पनि संरक्षण हुने अवस्था छ । त्यसैले छिटो भन्दा छिटो निर्माण कार्य सक्न निर्माण कम्पनी र मातहतका कार्यालयलाई निर्देशन दिइरहेको छु ।’
४ बैशाख २०८२, बिहीबार १२:४९ प्रकाशित