काँग्रेस बाँकेमा लफडा : अनुशासन समिति संयोजकमाथी कारबाही
  • काँचुली खबर

४ बैशाख, नेपालगन्ज । नेपाली काँग्रेस बाँकेको एकपछि अर्को विवाद सतहमा आउन थालेको छ । काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीका अनुशासन समिति संयोजक टंक प्रसाद काफ्ले (आशिष)लाई नै अनुशासनको डण्डा चलाउँदै समितिबाटै पदमुक्त गरेपछि काँग्रेसभित्रको विवाद बाहिरीएको हो ।

‘पदको गरिमा विपरित केही दिन पहिले अभद्र, अशोभनिय व्यवहार गरिएकाले जिल्ला अनुशासन समितिबाट पदमुक्त गरिएको छ’, सभापति गौडेल आफैले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

काफ्लेले शुक्रबार पार्टी कार्यालयमा जिल्ला सचिव सुधांशु कोइरालामाथि दुर्ब्यवहार गरेको आरोप थियो । पार्टी सभापतिकै उपस्थितिमा दुर्ब्यवहार भएपछि उनीमाथि कारवाहीको दबाब बढेको हो । बुधबार काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, बाँके सभापति गौडेल, उपसभापति गोपाल अधिकारी र सचिव कोइरालाको विशेष बैठकमा उक्त घटनालाई लिएर छलफल, बहस भएको बताइएको छ ।

‘अराजकतालाई प्रश्रय दिंदा अनुशासनको मर्यादा समाप्त हुन्छ’, बैठकमा सहभागी नेताहरूले काफ्लेलाई कारवाही नगरिए अराजकता मौलाउने भन्दै पदबाट बर्खास्त गर्ने सहमति जुटेपछि पार्टी सभापति गौडेलले विज्ञप्ति मार्फत उक्त कुरा सार्वजनिक गरेको जानकारी दिंदै काँग्रेस स्रोतले भन्यो ।

कोइरालासँग जिल्ला अधिवेशनमा पराजित काफ्लेलाई गौडेलले २०७८ चैत्र २२ गते विधानको परिच्छेद ९, धारा ३४, उपधारा ३ अनुसार अनुशासन समितिको संयोजक नियुक्त गरेका थिए ।

  • ४ बैशाख २०८२, बिहीबार १२:१९ प्रकाशित
  • Nabintech