नगर स्तरीय फुटबल प्रतियोगिताः १३ नं. वडा विजयी
  • काँचुली खबर

२४ चैत, काेहलपुर । कोहलपुर नगरपालिका-८ झरकट्टी खेल मैदानमा शुक्रबारदेखि जारी नगर स्तरीय फुटबल प्रतियोगिता-२०८१ को तेस्रो दिन आज भएको खेलमा वडा नम्बर-१३ को टिम विजयी भएकाे छ । प्रतियोगिताको तेस्रो खेलमा आज वडा नम्बर-७ को टिमलाई १-० गोल अन्तरले हराउँदै वडा नम्बर-१३ ले विजयी भएकाे हाे ।

खेलको ४७ औँ मिनेटमा वडा नम्बर-१३ का खेलाडि रमेश विकले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनको गोल नैँ खेलको निर्णयक बन्यो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा वडा नम्बर-७ को टिमले थुप्रै अवसर पाएपनि गोल गर्न भने असफल भयो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विहान ८ बजेबाट सुरु भएको खेल निकै रोचक बनेको नगर खेलकुद विकास समितिका सदस्य शंकर आलेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार र द्वितीय हुने टिमले ३५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा नगरपालिका भित्र रहेका १५ वटै वडाका टिमको सहभागिता रहेको छ । कोहलपुर नगर खेलकुद विकास समितिको आयोजना र नगरपालिका आर्थिक सहयोगमा सञ्चालन प्रतियोगिता २९ गतेसम्म चल्ने छ ।

  • २३ चैत्र २०८१, आईतवार १८:०३ प्रकाशित
  • Nabintech