२१ फागुन, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार ८ जना नेपाली काठमाडौं आइपुगेका छन । ‘डंकी रुट’ (अवैध बाटो) हुँदै त्यहाँ पुगेका ८ जना नेपालीलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं फर्काएको हो ।
प्रहरीको मानवबेचबिखन तथा अनुसन्धान ब्यूरोले गरेको जाँचका क्रममा उनीहरु अवैध बाटोबाट त्यहाँ पुगेको खुलेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ब्यूरोका एक अधिकृतका अनुसार, अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमका छन् । उनका अनुसार, अमेरिका जानलाई उनीहरुले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक सोधपुछमा खुलेको छ ।
‘उनीहरु ५र६ महिनाअघि मात्र अमेरिका पुगेका रहेछन्, त्यहाँ पुगेको केही समयमै पक्राउ परेर मुद्दा चलाइएको रहेछ’, ती अधिकृतले थपे, ‘कतिपयलाई धरौटी त कतिलाई यत्तिकै छाडेर फर्काइदिएको रहेछ ।’
प्रहरीका अनुसार, उनीहरु विचौलियालाई त्यो रकम बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।
‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरु अमेरिका पुगेका थिए’, सोधपुछमा संलग्न ती अधिकृतले भने, ‘तर, त्यहाँ पुगेलगत्तै समातिएका रहेछन् ।’
प्रहरीले उनीहरुसँग सोधपुछमार्फत अमेरिका पठाउने भन्दै असुली गर्ने मानव तस्करीको र्याकेटसम्म पुग्ने विश्वास लिएको थियो ।
तर, उनीहरु आफूहरुलाई पठाउने व्यक्तिबारे बताउन तयार देखिएका छैनन् । बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिएपछि फेरि जाने बताएको स्रोतको भनाइ छ ।
हातमा हत्कडी र खुट्टामा चेन
अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई हत्कडी लगाएर काठमाडौं ल्याएको खुलेको छ ।
काठमाडौं ओर्लिएपछि नेपाली अधिकारीहरूले गरेको सोधपुछका क्रममा उनीहरूले आफूहरूलाई हत्कडी लगाएर ल्याएको बताएका हुन् ।
‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो’, डिपोर्ट भएर फर्किएका एक नेपालीले भनेका छन्, ‘त्यसबेला हामीलाई बसेको ठाउँबाट हल्लिन पनि दिएको थिएन, वासरुम प्रयोग गर्न पनि कयौं पटक अनुरोध गर्नुपर्यो ।’
अध्यागमन विभागका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन् । तीमध्ये पाँच जना महिला हुन् । सबै जना नियमित उडानमार्फत आएका थिए ।
‘आजै मात्र कमर्सियल फ्लाइटमार्फत अर्का एक नेपाली पनि आएका छन्’, विभागका एक अधिकारीले भने, ‘उनले चाहिँ आफैं स्वदेश फर्किन्छु भनेकाले सामान्य रूपमा फर्काइएको थियो ।’
अधिकृतहरूका अनुसार, हिरासतमा रहेका बेला उनीहरूलाई आफैं स्वदेश फर्किने कि कानून अनुसार प्रतिवाद गर्ने भनेर सोधिएको थियो । जतिले कानून अनुसार प्रतिवाद गर्ने भने उनीहरूलाई हत्कडी र चेनले बाँधेर पठाएको पाइएको ती अधिकृतले बताए ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएलगत्तै उनले अमेरिकामा अवैध आप्रवासीहरुप्रति कडा नीति लिएका थिए ।
२१ फाल्गुन २०८१, बुधबार १४:२६ प्रकाशित