१५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता विहिवारबाट सुरू भएकाे छ । कोहलपुरका दिवंगत युवा क्रिकेटर वीरेन्द्र शाहिको स्मृतिमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा प्रतियोगिता शुरु भएको हाे ।
युनाईटेड भिजन क्रिकेट क्लवकाे आयाेजनामा संचालित प्रतियोगिताकाे तेस्रो संस्करणकाे उद्घाटन गर्दै लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमले लुम्विनी प्रदेशलाई खेलकुदको हव बनाउने प्रतिद्धता ब्यक्त गरेका छन । उनले चालु वर्षमा खेल क्षेत्रमा न्युन बजेट भएकाले प्रदेशभरि हुने खेलकुदमा खर्च ब्यबस्थापन गर्न नसकेको उल्लेख गर्दै आगामि वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट वनियोजनकालागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रदेशभरि उर्वर युवाहरु भएकाे उल्लेख गर्दै गाैतमले प्रदेश खेलकुद समितिले देखिनेगरि खेल क्षेत्रलाई प्राथामिकतामा राखेको उल्लेख गरे ।
क्लवका अध्यक्ष गम्भिरजंग मल्लको अध्यक्षतामा आयोजित उदघाटन शत्रमा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसि, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, पुर्व राष्ट्रिय क्रिकेटका कप्तान एलवि क्षेत्रि लगाएतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उद्घाटन खेल सि.एम. ११ दाङ्ग र सि क्लव नेपालगञ्जविच सम्पन्न भएको छ । स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा सि यूवा क्लब नेपालगन्जले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा सि यूवा क्लब नेपालगन्जले दिएको १२३ रनको लक्ष्य पछाएको सि.एम. एघार युवा क्लब दाङ्गले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन मात्र बनाए पछि खेल सि यूवा क्लब नेपालगन्जले १० रनले जितेको थियो । सि.एम. एघार युवा क्लब दाङ्गका लागि नवराज शाहीले सर्बाधिक ३५ रन बनाएका थिए भने आकाश खत्रीले २९ रन बनाएका थिए ।
सि यूवा क्लब नेपालगन्जका अजय शाहानीले सर्बाधिक ३ विकेट लिए भने निशान्त आचार्य र सौगात खत्रीले समान २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सि यूवा क्लब नेपालगन्जले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १२२ रन बनाएको थियो । सि यूवा क्लब नेपालगन्जका लागि अनिल गिरीले सर्बाधिक २२ रन बनाएका थिए । शुसान्त शाहीले २० विनायक गिरीले १९ र सौगात खत्रीले १३ रन प्रहार गरेका थिए ।
सि.एम एघारका बलर अस्मित शाहीले ४ र विष्णु शाहीले २ विकेट लिए ।
नकआउट चरणमा खेलिने खेलमा सि.एम एघार दाङ्गले हार बेहोरेसंगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको दोस्रो खेल फागुन १७ गते विहान ९ बजे नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र भिक्ट्री भाईपर नेपालगन्ज विच हुने खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए ।
८ वटा टिम सहभागी उक्त प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गतेसम्म हुने आयोजकले जनाएको छ ।
१५ फाल्गुन २०८१, बिहीबार १९:४७ प्रकाशित