१५ माघ, कोहलपुर । कोहलपुरमा भोलीदेखी ८औं मेयर कप तथा १७औं राष्ट्रपति रनिङशिल्ड खेलकुद छनोट प्रतियोगिता संचालन हुने भएको छ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समिति कोहलपुरको व्यवस्थापनमा माघ १६ देखि १९ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार भेटघाट मार्फत जानकारी गराइएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कृष्ण मावि कोहलपुरको खेलमैदानमा हुने प्रतियोगितामा नगरभित्रका मावि तर्फका १३ सामुदायीक तथा २७ संस्थागत विद्यालयले सहभागीता जनाउने बताईएको छ । त्यसैगरी आधारभुत तहका ५३ विद्यालयका खेलाडीले समेत प्रतियोगितामा सहभागीता जनाउने भएका छन ।
एथलेटिक्स, भलिवल, कवड्डी र मार्सल आर्टस गरी ४ विधाका २ हजार १६७ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यस पटक चेसलाई समेत खेलका रुपमा समावेश गर्न लागिएको नगर खेलकुद बिकास समिति कोहलपुरका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।
यस पटक प्रतियोगिताको पुरस्कार राशी समेत बृद्धि गरीएको छ । जसअन्तर्गत मावितर्फ प्रथम पुरस्कार ७५ हजार, द्धितिय पुरस्कार ६५ हजार र तृतीय पुरस्कार ५५ हजार रहेको छ भने उत्कृष्ट खेलाडीलाई ५५ हजार राशीको पुरस्कार प्रदान गरिनेछ।
आधारभूततर्फ भने प्रथम पुरस्कार २५ हजार, द्वितीय २० हजार र तृतीयलाई १५ हजारका पुरस्कार वितरण गरिने बताईएको छ ।
पत्रकार सम्मेलनमा विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वर प्रसाद विश्वकर्माले खेलकुदको माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यलाई बलियो बनाउन प्रतियोगिता महत्वपूर्ण रहने बताए । उनले यस प्रकारका प्रतियोगिताले युवा पिढीलाई खेलकुदतर्फ आकर्षित गर्न मद्दत पुर्याउने उल्लेख गर्दै स्वस्थ समाज निर्माणमा समेत टेवा पुर्याउने विश्वास ब्यक्त गरे ।
त्यसैगरी प्रतियोगिताका सदस्य सचिव तथा कृष्णा माविका प्रधानाध्यापक दिलिप ओलीले प्रतियोगिताको व्यवस्थापनमा कडाइका साथ काम भइरहेको र सबै विद्यालयका खेलकुद शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको बताए । उनले यस प्रतियोगिताले स्थानीय विद्यालय र खेलकुदका क्षेत्रमा ठूलो उत्साह ल्याउने विश्वास व्यक्त गरे ।
नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता सम्पन्न गर्नका लागि सबै तयारी पूरा भएको बताए । उनले प्रतियोगितामा हुने अराजक गतिविधि रोक्न तथा फर्जि खेलाडीलाई निरुत्साहित गर्न ३० हजार जरिवानाको ब्यवस्था समेत गरीएको जानकारी दिए ।
झण्डै १४ लाख खर्च अनुमान गरीएको प्रतियोगिताका लागी कोहलपुर नगरपालिकाले १० लाख रकम विनियोजन गरेको उल्लेख गर्दै क्षेत्रीले प्रतियोगितालाई भब्य र सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेको बताए ।
१५ माघ २०८१, मंगलवार १९:२३ प्रकाशित