बसपार्कमै थन्किए कराेडाैंका नगर बस, खर्च धान्नै धाै-धाै
  • काँचुली खबर

१५ माघ, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेका नगर बस थन्किएकाे लामाे समयसम्म पनि संचालनमा आउन सकेका छैनन् ।

तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरीएका बस लामाे समयदेखि नेपालगन्ज बसपार्कमा थन्किएका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालगन्ज उपमहानगरपालिकामा डा. धवलशम्सेर राणा मेयर हुँदा नगर कार्यसमितिले निर्णय गरि सात वटा बस खरिद गरेको थियो । शुरुआती चरणमा ठुलै तामझाम गरिएको भए पनि उपमहानगरपालिकाकै उदासीनता र लापरवाहीले अहिले ती बस बसपार्कमा अलपत्र अवस्थामा थन्काइएका छन ।

२०७६ असार २५ गते तीन करोड पाँच लाख ७५ हजार ८४० रुपियाँमा लुम्बिनी प्रदेश सरकारको विशेष अनुदानको रकमबाट सातवटा नगर बस खरिद गरिएको थियो । तीनमध्ये चारवटा बस केही समय सञ्चालनमा रहे पनि तीनवटा बस भने विगत दुई वर्षदेखि थन्किएका छन् ।

विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुवातमा उपमहानगरपालिका आफैंले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सातवटा बस सञ्चालनका लागि टेण्डर आह्वान गरिएको थियो ।

राजस्व शाखा प्रमुख वीरबहादुर थापाका अनुसार सातवटा बसको वार्षिक ५० लाख र नेपालगञ्ज बसपार्कको पार्किङ शुल्क ५१ लाख न्यूनतम मूल्य कायम गरी टेण्डर आह्वान भएकोमा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजार रुपियाँमा ठेक्का स्वीकार गरेको थियाे । तर ठेक्कामा लिए पनि ति बस सन्चालनमा आउन सकेका छैनन् ।

राजस्व शाखा प्रमुख थापाले भने, ‘सम्झौताअनुसार बसको मर्मतसम्भारको जिम्मेवारी ठेक्का स्वीकार गर्ने कम्पनीको हो ।’

सप्लायर्सका प्रतिनिधि विनोद थापाले नगरभित्र चलाउँदा डिजेलको मूल्य समेत उठ्न नसक्ने भए पछि बसहरु सञ्चालन नगरी राखिएको जानकारी दिए । सम्झौताको अवधि पाँच वर्षको छ ।

लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशी खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन् ।

  • १५ माघ २०८१, मंगलवार ०९:५६ प्रकाशित
  • Nabintech